नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई नेता विश्वप्रकाश शर्माले बधाई तथा शुभकामना दिएका छन्। उनले नेतृत्व परिवर्तनलाई अन्तिम गगन थापालाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन’ उपलब्धि नभई नयाँ राजनीतिक यात्राको सुरुवातका रूपमा लिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै शर्माले लेखेका छन्, ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन। हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई।’
उनले आगामी राजनीतिक यात्रामा चुनौतीहरू आउने उल्लेख गर्दै संयमका साथ सामना गर्नुपर्ने र पार्टीभित्रका फरक मत तथा विचारलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
‘अप्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले। जोड्नु छ भिन्न मत र मनहरू। पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी,’ शर्माले उल्लेख गरेका छन्।
कांग्रेसले आफ्नो ऐतिहासिक विरासतको सम्मान गर्दै विगतका कमजोरी सच्याउनुपर्ने र मुलुकको समुन्नतिका लागि इमानदार प्रयास गर्नुपर्ने उनको भनाइ छ।
नवनिर्वाचित सभापति थापाप्रति विश्वास व्यक्त गर्दै शर्माले उनको नेतृत्वलाई दृढ साथ रहने प्रतिबद्धतासमेत जनाएका छन्। उनले लेखेका छन्, ‘अपार विश्वास र दृढ साथका साथ उभिएको छु साथमा, लामबद्ध छौँ साथमा। लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’
शर्माको सन्देशले कांग्रेसको नयाँ नेतृत्वसामु पार्टीभित्र एकता कायम गर्ने, संगठन सुदृढ बनाउने र जनताको विश्वास जित्ने जिम्मेवारी रहेको संकेत गरेको छ। नेतृत्व परिवर्तनको वास्तविक सफलता आगामी दिनमा पार्टीले लिने निर्णय र देश तथा जनताका पक्षमा दिने परिणामबाट मापन हुने उनको अभिव्यक्तिको आशय छ।










Discussion about this post