काठमाण्डौ । जापानमा आयोजित २०औँ एसियाली खेलकुद सम्पन्न भएको छ। नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको समापन समारोहसँगै १६ दिनसम्म चलेको एसियाड औपचारिक रूपमा सकिएको हो।
समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ। आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्यसहित कुल ३४१ पदक जित्यो। आयोजक जापान ८३ स्वर्णसहित दोस्रो र दक्षिण कोरिया ३९ स्वर्णसहित तेस्रो स्थानमा रहे। भारत २१ स्वर्णसहित चौथो भयो।
नेपालले भने प्रतियोगितामा दुई कांस्य पदक जित्यो। करातेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ कांस्य पदक दिलाउँदा नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा कांस्य पदक जित्न सफल भयो।
नेपालले यसपटक २१ खेलमा १३५ खेलाडी सहभागी गराएको थियो। अब २१औँ एसियाली खेलकुद सन् २०३० मा कतारको राजधानी दोहामा आयोजना हुनेछ।










Discussion about this post