Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनेसास नेपाल च्याप्टरद्वारा अनेसास संस्थापक गौरव सम्मान अर्पण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८३
अनेसास नेपाल च्याप्टरद्वारा अनेसास संस्थापक गौरव सम्मान अर्पण
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १७। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ प्रदान गरेको छ। कार्यक्रममा अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुङ्गेललाई पनि सम्मान गरिएको छ।

नेपाली भाषा, साहित्य तथा अनेसासको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका तीनै जनाको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

कार्यक्रमको सुरुवात भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्।

अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष अधिवक्ता कमला ओलीले स्वागत मन्तव्य राखेकी थिइन्। च्याप्टरकी अध्यक्ष तथा कार्यक्रमकी सभापति मन्जिला अनिल शर्माले अग्रजहरूको साहित्यिक तथा संस्थागत योगदानको सम्मानले उनीहरूको साधना, अनुभव र योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

कार्यक्रममा प्रमुख अतिथि हिरण्यकुमारी पाठक, च्याप्टरकी अध्यक्ष मन्जिला अनिल शर्मा, प्राडा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व केन्द्रीय सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, केन्द्रीय सदस्य राजेन्द्र केसी तथा पूर्व अध्यक्ष सन्ध्या पहाडीलगायतले सम्मानित व्यक्तित्वहरूलाई रुद्राक्षको माला, दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानपत्रमा उल्लेखित व्यहोरा च्याप्टरका सचिव खेमराज न्यौपाने र सदस्य शान्ति रिसालले वाचन गरेका थिए।

भीमप्रसाद रेग्मीले अनेसासको प्रारम्भिक यात्रादेखि विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थाको नेतृत्व गरेका छन्। पुरुषोत्तम सुवेदी संस्थापक सदस्यदेखि पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीको नेतृत्व तहसम्म रहेर अनेसाससँग जोडिएका छन्। त्यस्तै, प्रवासमा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनमा सक्रिय शेखर ढुङ्गेल अनेसास क्यालिफोर्निया च्याप्टरसँग आबद्ध छन्।

सोही अवसरमा ‘अनेसास नवरत्न पुरस्कार–२०२६’बाट पुरस्कृत अनेसासकी पूर्व उपाध्यक्ष डा. रेणु थापा सोलुलाई पुरस्कार प्रदान गरिएको थियो। अनेसास केन्द्रद्वारा घोषित उक्त पुरस्कार नेपाल च्याप्टरको कार्यक्रममा हस्तान्तरण गरिएको हो। अनेसासकी पूर्व केन्द्रीय सदस्य माया गुरुङ र अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्रीबाबु आचार्यलाई पनि दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मन्जिला शर्माले च्याप्टरका लागि भूमिदान गरेकोमा प्रशंसा गर्दै नेपालमा अनेसासको आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्ने बताए। उनले अनेसासकी माता स्वर्गीय नन्दादेवी सुवेदीको नाममा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्ने धारणा पनि राखे।

अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरेले संस्थाको संस्थागत विकासका लागि भवन निर्माण आवश्यक रहेको उल्लेख गर्दै नेपाल च्याप्टरलाई केन्द्रबाट आवश्यक सहयोग निरन्तर रहने बताए।

च्याप्टरकी पूर्व अध्यक्ष तथा पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले भीमप्रसाद रेग्मीको अनेसासप्रतिको योगदानको चर्चा गर्दै सम्मानका लागि बधाई दिइन्। पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले पुरुषोत्तम सुवेदी र शेखर ढुङ्गेलको साहित्यिक तथा संस्थागत योगदानको चर्चा गर्दै कार्यक्रम आयोजना गरेकोमा नेपाल च्याप्टरलाई धन्यवाद दिए।

सम्मानित व्यक्तित्व भीमप्रसाद रेग्मीले सम्मानप्रति आभार व्यक्त गर्दै अनेसाससँगको आफ्नो यात्रा, अनुभव तथा नेपाली भाषा–साहित्यप्रतिको प्रतिबद्धताबारे धारणा राखे। पुरुषोत्तम सुवेदीले पनि सम्मानप्रति आभार व्यक्त गर्दै नेपालमा अनेसासको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वभर रहेका अनेसासका च्याप्टरसँग समन्वय गरी भवन निर्माण अभियान अघि बढाउनुपर्ने बताए।

नेपाली भाषा तथा साहित्यका अध्येता एवं समालोचक प्राडा. खगेन्द्रप्रसाद लुइटेलले अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जना तथा संस्थागत यात्रासँग जोड्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए। प्रमुख अतिथि हिरण्यकुमारी पाठकले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै नेपाली साहित्यको विकासका लागि सिर्जना, साधना र संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले राष्ट्रभक्ति गीत तथा गजेन्द्र बोहोराले गजल प्रस्तुत गरेका थिए। उपाध्यक्ष रञ्जना निरौलाले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन रमेश दाहालले गरेका थिए।

कार्यक्रममा काठमाडौंस्थित विभिन्न साहित्यिक संस्थाका नेतृत्व, साहित्यकार तथा साहित्यप्रेमी गरी पाँच दर्जनभन्दा बढी व्यक्तित्वको उपस्थिति थियो। च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा
खेलकुद

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग
खेलकुद

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु
अर्थतन्त्र

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व