Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका निकुञ्ज तथा वन क्षेत्र आसपासका बस्तीमा पछिल्लो समय मानव–हात्ती द्वन्द्व बढ्दै गएको छ । राति बस्ती पस्ने हात्तीको बथानले घर भत्काउनेदेखि पाक्नै लागेको अन्नबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । हात्ती भगाउने क्रममा ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था छ ।

राति हात्ती बस्ती पस्ने डरले स्थानीयहरू समूह बनाएर पहरा दिन्छन् । हात्ती देखिएपछि टर्च बाल्ने, होहल्ला गर्ने र विभिन्न उपाय अपनाएर भगाउने प्रयास गर्छन् । तर, हात्ती नजिकै पुगेर भगाउने क्रममा स्थानीयकै ज्यान जोखिममा पर्ने गरेको छ ।

वेदकोट नगरपालिका -१ हात्तीथलामा पछिल्लो एक महिनामै हात्तीको बथानले आठ वटा घरमा क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । पाक्नै लागेको धानबालीमा पनि ठूलो क्षति पुगेको छ । घर र अन्नबाली जोगाउन स्थानीयहरू रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।

स्थानीय पुनम शाहको घरमा राति हात्ती पस्दा सुत्केरी बुहारी र दूधेबालकसमेत घरभित्र थिए । एकैपटक २३ वटासम्म हात्ती बस्तीमा पसेपछि परिवारले ज्यान जोगाउनै मुस्किल परेको उहाँले बताउनुभयो ।

घरमा अपाङ्गता भएका वृद्ध आमासमेत रहेकाले राति हात्ती बस्तीमा पस्दा थप समस्या हुने गरेको स्थानीय भोज नाथले बताउनुभयो । हात्ती भगाउन बाहिर निस्कनुपर्ने र आमाको सुरक्षासमेत गर्नुपर्ने भएकाले जोखिम बढेको उहाँको भनाइ छ । हात्ती आएपछि घरका सबै सदस्य त्रसित हुने र रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

हात्ती भगाउन स्थानीयहरू समूह बनाएर रातभर बस्तीको निगरानी गर्छन् । तर, हात्तीलाई भगाउने क्रममा उनीहरू आफैँ आक्रमणमा पर्ने जोखिम रहेको वेदकोट मध्यवर्ती उपभोक्ता समितिक सचिव पदमराज पाण्डेले बताए। ।

पहिले टर्चको उज्यालो देखाएपछि हात्ती जंगलतिर फर्किने गरे पनि अहिले उज्यालोतर्फ नै आउन थालेपछि समस्या थपिएको वेदकोट नगरपालिका – १ वडाध्यक्ष रमेश भण्डारीले बताए।

मानव–हात्ती द्वन्द्व हात्तीथलामा मात्र सीमित छैन । कृष्णपुर नगरपालिका–१ डोमिल्लामा पनि दिनभर जंगलमा बस्ने हात्ती रात परेपछि बस्ती पस्ने गरेका छन् । खेतमा पाकेको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीयहरू रातको समयमा थप सतर्क हुनुपर्ने अवस्था रहेको स्थानिय अम्बादत्त जोशीले बताए।

पुनर्वास नगरपालिका–९ र १० का बस्तीमा पनि हात्तीको समस्या लामो समयदेखि देखिँदै आएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका चुरे क्षेत्रसम्म पुग्ने गरेका छन् । बस्ती आसपास महिनौँसम्म रहने हात्तीले धान, उखु, केरा लगायतका बालीमा क्षति पुर्‍याउने गरेको स्थानीयको भनाइ छ ।

हात्तीको आवागमन हुने क्षेत्र र मानव बस्तीबीचको दूरी घट्दै जाँदा द्वन्द्व पनि बढ्दै गएको छ । स्थानीय तह, राष्ट्रिय निकुञ्ज, नेपाली सेना लगायतका निकायले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आए पनि हात्तीको अनिश्चित आवागमनका कारण समस्या पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन ।

वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार स्थानीयका लागि रात पर्नु भनेको फेरि पहरा दिनुपर्ने समय बन्ने गरेको छ । रातभर जाग्राम बस्नु दीर्घकालीन समाधान होइन । हात्ती नियमित हिँड्ने मार्ग पहिचान गरी सुरक्षित व्यवस्थापन र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका दीर्घकालीन उपायमा ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी
फ्ल्यास हेडिङ

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी
अर्थतन्त्र

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ
फ्ल्यास हेडिङ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३
विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

अशोज ४, २०८३
२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व