Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – रसुवामा आएको भीषण आकस्मिक बाढी उच्च हिमाली क्षेत्रमा भएको हिउँ–चट्टानको हिमपहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान तथा ठूला ढुङ्गासहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

हिजो बिहान झण्डै ९ बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ ।

अनुसन्धानकर्ताका अनुसार यो घटनाले अचानक ठूलो बहाव सिर्जना गरेपछि पानी, गेग्रान र ठूला ढुङ्गा तल्लो तटीय क्षेत्रमा बगेको हुन सक्छ । जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको गति र परिमाण असाधारण रहेको देखाएको छ ।

गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमै नौ मिटरसम्म बढेको थियो भने मलेखुमा त्यही अवधिमा सात मिटरसम्म बढेको थियो । त्रिशूली नदी किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त भएको छ ।

गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ । विशेषज्ञहरूले गेग्रानका कारण नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनिएर बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन् ।

यस्तो अवरोधका कारण पानी जम्मा भई अचानक बाहिर निस्किएमा दोस्रो चरणको बाढीको जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

विपद्का समयमा रेकर्ड गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणमा समेत असामान्य सङ्केत देखिएको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो ।

वैज्ञानिकहरूले ती भूकम्पीय सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्नेबारे अध्ययन गरिरहेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन
फ्ल्यास हेडिङ

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान
मुख्य समाचार

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु
फ्ल्यास हेडिङ

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व