बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दैछ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी गरेका थापालाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
यद्यपि, थापालाई समर्थन गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद देखिएको छ। यता, नेपाली कांग्रेसले भने मुख्यमन्त्रीले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।










Discussion about this post