Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलले जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना गरेको छ। विद्यार्थीमा कृषि, उद्यमशीलता तथा व्यवहारिक ज्ञानको विकास गर्ने उद्देश्यले विद्यालयले कृषि हाटबजार आयोजना गरेको हो।

हाटबजारमा विद्यार्थीहरूले आफ्नै घरमा उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल तथा फूलका बिरुवालगायत कृषि उपज बिक्रीका लागि राखेका छन्। विद्यार्थीले उत्पादन गरेका सामग्रीको मूल्य निर्धारणदेखि बिक्री र ग्राहकसँगको व्यवहारसम्म आफैं गर्ने अवसर पाएका छन्।

विद्यालयका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तथा व्यावसायिक ज्ञानसँग जोड्ने उद्देश्यले हाटबजार सञ्चालन गरिएको हो। यसबाट विद्यार्थीले कृषि उत्पादन, बजार व्यवस्थापन, आम्दानी तथा उद्यमशीलतासम्बन्धी प्रत्यक्ष अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।

हाटबजारको भीमदत्त नगरपालिका शिक्षा शाखाकी शिक्षा अधिकृत कलावती मिश्र भट्टले अवलोकन गर्नुभएको थियो। अवलोकनका क्रममा उहाँले जिल्लामा विद्यालयस्तरबाट यस्तो नवीन तथा ज्ञानवद्र्धक कार्यक्रम पहिलोपटक आयोजना भएको बताउनुभयो।

उहाँले विद्यार्थीले किताबी ज्ञानसँगै आफूले उत्पादन गरेका सामग्रीको मूल्य निर्धारण, बिक्री वितरण तथा ग्राहकसँगको व्यवहारसम्बन्धी सीपसमेत सिक्ने अवसर पाउने बताउनुभयो। यस्ता कार्यक्रम अन्य विद्यालयले पनि अनुकरण गर्नुपर्ने भन्दै उहाँले विद्यार्थीलाई सीप तथा व्यवहारिक ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्ने काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

विद्यार्थीलाई कृषि पेशाप्रति आकर्षित गर्नुका साथै घरमै उत्पादन गर्न सकिने कृषि उपजको महत्वबारे जानकारी गराउने उद्देश्यसमेत हाटबजारको रहेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल दिजराज भट्टले बताउनुभयो।

भट्टका अनुसार कार्यक्रम आयोजना गर्नुअघि विद्यार्थीलाई आ–आफ्नो घरमा तरकारी तथा अन्य कृषि उपज उत्पादन गर्न प्रोत्साहित गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले घरमा उत्पादन गरेका सामग्री विद्यालयमा ल्याएर बिक्री गरेका हुन्।

‘विद्यार्थीलाई कक्षाकोठाभित्रको ज्ञानलाई व्यवहारमा उतार्न र कृषि तथा उद्यमशीलताप्रति आकर्षित गर्न हाटबजार सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयो।

विद्यालयले विद्यार्थीको उत्साह र हौसला बढाउन हाटबजार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रत्येक महिना यस्तै प्रकारको कृषि हाटबजार सञ्चालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ।

कृषि हाटबजारले विद्यार्थीलाई उत्पादनदेखि बजारसम्मको प्रक्रियाबारे प्रत्यक्ष ज्ञान दिनुका साथै आत्मनिर्भरता, श्रमको सम्मान र उद्यमशीलताको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए
फ्ल्यास हेडिङ

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण
पूर्वाधार विकास

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व