कञ्चनपुर । दार्चुलाको शैल्यशिखर नगरपालिका–८, झरकडा वुङ्गामा रहेको गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ।
श्री शैल्यशिखर महाराज, मालिकार्जुन, लटिनाथ, गलैनाथ, हुनैनाथ, वालिचन स्वामी तथा पितृहरूको अनुकम्पा र आशीर्वाद प्राप्तिको कामनासहित महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ।
शैल्यशिखर नगरपालिका–८, झरकडा वुङ्गाका स्थायी बासिन्दा तथा हाल शुक्लाफाँटा नगरपालिका–५, गर्जामुनि बस्दै आउनुभएका यज्ञ उपस्थित ज्योतिष नन्दराज जोशी र हरिदेव जोशीको आयोजनामा महायज्ञ सञ्चालन भइरहेको हो।
महायज्ञमा शैल्यशिखर नगरपालिका–९, नायल निवासी कथा वाचक व्यास गणेशदत्त विष्ट शास्त्री तथा उपव्यास बुद्धिवल्लव विष्टले धार्मिक कथा, प्रवचन तथा आध्यात्मिक ज्ञान प्रदान गरिरहनुभएको आयोजक परिवारका सदस्य तथा समाजसेवी प्रेमवल्लव जोशीले जानकारी दिनुभयो।
भाद्र १ गतेदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ भाद्र ७ गते विधिवत् रूपमा समापन हुनेछ। महायज्ञमा धार्मिक कथा श्रवण, प्रवचन तथा प्रसाद ग्रहणका लागि इष्टमित्र, बन्धुबान्धव तथा सम्पूर्ण श्रद्धाल










Discussion about this post