काठमाण्डौ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री थापा मगरले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै ६ जना मन्त्रीलाई नियुक्त गर्नुभएको हो ।
नेकपा एमालेका भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने ज्ञानबहादुर तामाङ विनाविभागीय मन्त्री बन्नुभएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का राजु विष्ट खानेपानी, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बन्नुभएको छ ।
मुख्यमन्त्री थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शपथ लिएपछि उहाँले मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।










Discussion about this post