Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ४, २०८३
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेताहरूको समर्थनमा थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८९२० अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसअनुसार थापाले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पार्टीले सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ। पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट सरकार गठनका लागि समर्थन गर्ने निर्णय गरिएको भन्दै राप्रपा केन्द्रले त्यसप्रति असहमति जनाएको थियो।

राप्रपा केन्द्रले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। यद्यपि, प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री नियुक्ति तथा शपथ कार्यक्रम तय गरिएको जानकारी गराएको थियो। किरण थापा बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बनेका छन्। प्रदेश गठनपछि पहिलो कार्यकालमा नेकपा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्रप्रसाद पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसबाट बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए।

थापाको नियुक्तिसँगै बागमती प्रदेशमा सत्ता समीकरण फेरिएको छ। नयाँ सरकारले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
फ्ल्यास हेडिङ

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

भदौ ४, २०८३
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन
अर्थ/ब्यापार

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

भदौ ४, २०८३
तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अण्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि

अण्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि

भदौ ४, २०८३
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

भदौ ४, २०८३
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

भदौ ४, २०८३
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

भदौ ४, २०८३
तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ४, २०८३
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

भदौ ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व