Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकार–लघुवित्त पीडितबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०८३
सरकार–लघुवित्त पीडितबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच ७ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा बिहीबार भएको निर्णायक वार्ता सहमतिमा टुंगिएसँगै लघुवित्त पीडितहरूले लामो समयदेखि गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

सहमतिअनुसार लघुवित्त क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिने भएको छ । समस्यामा परेका ऋणीको पुनर्स्थापनाका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कर्जा मिनाहालगायतका उपायबारे अध्ययन गरिने सहमति भएको छ ।

त्यस्तै, आर्थिक रूपमा असक्षम ऋणीको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोष वा जीवन बीमामार्फत सुरक्षित गर्ने व्यवस्था मिलाइने भएको छ । लघुवित्तसम्बन्धी गुनासो सुनुवाइका लागि प्रभावकारी हेल्पलाइन तथा उजुरी व्यवस्थापन प्रणाली निर्माण गरिने सहमतिमा उल्लेख छ ।

लघुवित्त संस्थाहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गराउने तथा कडाइका साथ अनुगमन गर्ने सहमति पनि भएको छ । ऋण असुलीका नाममा ऋणीको घरबाट सामान उठाउने, जबर्जस्ती पक्राउ गर्नेजस्ता कार्य रोक्दै त्यस्ता गतिविधि भए कानुनबमोजिम कारबाही गरिने भएको छ ।

सम्झौतासँगै राजधानी केन्द्रित लघुवित्त पीडित आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति भएको हो ।

सम्झौतापत्रमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यसहित ७ जना र आन्दोलनरत पक्षका तर्फबाट रमेश सेन्चुरीसहित ७ जनाले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि सरकारी टोली र लघुवित्त पीडितबीच साउन १५ गते पाँचबुँदे सहमति भएको थियो । उक्त सहमतिले पीडितका समस्या समाधान गर्न नसक्ने भन्दै असन्तुष्ट पीडितहरूले सेन्चुरीको नेतृत्वमा पुनः आन्दोलन अघि बढाएका थिए । त्यसपछि भएको वार्तामा ७ बुँदे सहमति जुटेको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
फ्ल्यास हेडिङ

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

साउन २९, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित
फ्ल्यास हेडिङ

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ
विश्व

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३
नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

साउन २९, २०८३
प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

साउन २९, २०८३
कारागार ऐन संशोधन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको प्रतिबद्धता

कारागार ऐन संशोधन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको प्रतिबद्धता

साउन २९, २०८३
एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व