झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी, बेलबारी, रङ्गेली र आसपासका क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षणको काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध गर्न लागिएको हो।
आयोजना प्रमुख दर्शन राय यादवका अनुसार निर्माण तथा परीक्षण कार्य सम्पन्न भई सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, उर्लाबारी, पथरी, रङ्गेली लगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनेछ।
प्राधिकरणले विद्युत् अवरोधबाट प्रभावित हुने उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।










Discussion about this post