Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १८, २०८३
पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरः कञ्चनपुरमा पहिलो पटक पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु भएको छ । नगरपालिकाले शुक्रबारदेखि प्रारम्भिक चरणमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको हो ।

भूमि व्यवस्थापन शाखा स्थापना गरेर चालु आर्थिक वर्षदेखि नाप नक्सा, जग्गा लिखत पास र राजस्व सङ्कलनलगायतका सेवा सुरु गरिएको नगरप्रमुख तोयप्रसाद शर्माले बताए। यसअघि यी सेवाहरू बेलौरीस्थित भूमि प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका थिए । अब ती सबै सेवा नगरपालिकाको भूमि व्यवस्थापन शाखाबाटै नियमित रूपमा उपलब्ध हुने नगरप्रमुख शर्माले बताए।

तर मुद्दा, रोक्कालगायतका काम भने बेलौरीबाटै हुने छ । सबै काम पुनर्वासबाट नै सञ्चालन गर्ने गरेर काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख नवराज सापकोटाले पहिलो चरणमा स–सिम कित्ताको कारोबारका लागि बायोमेट्रिक्स, औँठाछाप, फोटो, औँठा र सङ्केत नम्बर भएको तथा कित्ताकाट गर्न नपर्ने पूरा कित्ताको कारोबारसम्बन्धी कार्यहरू पालिकाबाटै सञ्चालन हुने बताए।

सापकोटाका अनुसार नापी अधिकृत नहुँदा नापीको काम भने केही दिनपछि सुरु गरिने छ । हाललाई नापीसम्बन्धीको काम भने बेलौरीबाट सञ्चालन हुने जनाइएको छ ।

सेवा विकेन्द्रीकरण भएसँगै अब पुनर्वासका ११ वटै वडाका सेवाग्राहीले भूमि प्रशासनका लागि बेलौरीस्थित भूमि प्रशासन कार्यालय धाउनुपर्ने छैन । नगरपालिकाबाटै भूमिसम्बन्धीको सेवा सुरु भएपछि बाहिरबाट लेखापढी व्यवसायीका कारण खर्चिलो महसुस गर्दै आएका सेवाग्राहीले अब भने बिचौलियामार्फत ती काम गराउन पाउने छैनन् । जसले न्यून शुल्कमै छिटोछरितो सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

यहाँका अन्य स्थानीय तहले पनि भूमि तथा नापी कार्यालयमार्फत प्रदान हुँदै आएका सेवाहरू क्रमशः पालिकाबाटै सञ्चालन गर्ने गरी तयारी अगाडि बढाइएको जनाएका छन् । सरकारले गत वैशाख १० गतेदेखि लागु गरेको व्यवस्था अनुसार जग्गा दर्ता, नामसारी, नक्सा पास, सीमाङ्कन तथा अभिलेख अद्यावधिक जस्ता सेवा यहाँका स्थानीय तहबाटै उपलब्ध गराउन थालिएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज राष्ट्रियसभाको बैठक बस्दै
मुख्य समाचार

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
मुख्य समाचार

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो
पर्यटन समाचार

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

साउन १८, २०८३
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व