सुनसरीको देवानगञ्जमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो ।
सहमतिअनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, दुवै परिवारलाई १०र१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ ।
घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालयबीच गएराति सहमति भएको हो ।











Discussion about this post