Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

प्रकाश भट्ट by प्रकाश भट्ट
असार २७, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि ‘टेबलटप’ कृत्रिम नमुना घटना अभ्यास गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), मर्सीकोर नेपाल, डिसिए नेपाल र युनिसेफको साझेदारीमा उक्त अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त अभ्यास मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा जस्ता प्राकृतिक विपद्हरूको सामना गर्न तथा सम्भावित विपद् बाढी र तातो लहर (लू) को प्रभावलाई समेत न्यूनीकरण गर्दै सरोकारवाला निकायहरूलाई पूर्वतयारी अवस्थामा राख्ने उद्देश्यले आयोजना गरिएको हो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले यस्ता प्राविधिक र व्यावहारिक अभ्यासहरूले संकटको समयमा तत्काल सही निर्णय लिन जनप्रतिनिधि र कर्मचारीलाई सक्षम बनाउने बताउनुभयो। उहाँले नगरको विपद् व्यवस्थापन योजनालाई केवल कागजमा मात्र सीमित नराखी समुदायस्तरमै कार्यान्वयन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो।

त्यस्तै, नगर उपप्रमुख गंगा जोशीले विपद्को समयमा सबैभन्दा बढी महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले प्रतिकार्य योजना बनाउँदा र नमुना अभ्यास गर्दा उनीहरूको सुरक्षालाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिनुभयो। उहाँले विभिन्न दातृ निकायहरूसँगको यो एकीकृत सहकार्यले नगरको विपद् प्रतिकार्य क्षमतालाई थप बलियो बनाएको बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘जलवायु उत्थानशिल समुदाय (सिआरसी)’ परियोजनाका संयोजक महेश घिमिरेले यस अभ्यासले सबै सरोकारवाला निकायहरूलाई एकसाथ बसेर योजना बनाउन र विपद्को समयमा आ-आफ्नो जिम्मेवारी र भूमिका बुझ्न महत्त्वपूर्ण मद्दत पुर्‍याएको बताउनुभयो। उहाँले आगामी दिनमा आउन सक्ने मनसुनी विपद् र जलवायु परिवर्तनका कारण थपिएको ‘तातो लहर’ (लू) जस्ता सङ्कटबाट समुदायलाई सुरक्षित राख्न यो अभ्यास कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

यस प्रकारका कृत्रिम अभ्यासले दोधारा चाँदनी नगरपालिकालाई सम्भावित मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न र समुदायलाई पूर्वसतर्क राख्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, विषयगत शाखाका प्रमुख एवम् सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३
गुगुल्डीको जन्मोत्सव (२९औँ वार्षिकोत्सव) सम्पन्न
देश/राष्ट्रिय

गुगुल्डीको जन्मोत्सव (२९औँ वार्षिकोत्सव) सम्पन्न

असार २५, २०८३
आज यी नदी–खोलामा बाढीको जोखिम
वातावरण

आज यी नदी–खोलामा बाढीको जोखिम

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३
स्वदेशी उच्च शिक्षाको प्रवर्द्धनका लागि ‘नेपाल हाइअर एजुकेशन फेयर’ आयोजना हुने

स्वदेशी उच्च शिक्षाको प्रवर्द्धनका लागि ‘नेपाल हाइअर एजुकेशन फेयर’ आयोजना हुने

असार २६, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ बढ्यो

असार २६, २०८३
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने

असार २६, २०८३
आजदेखि तीन दिन देशभर वर्षा, केही ठाउँमा भारी पानीको सम्भावना

आजदेखि तीन दिन देशभर वर्षा, केही ठाउँमा भारी पानीको सम्भावना

असार २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व