नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आज आफ्नै निवास गोल्फुटारमा आफूनिकट नेताहरूको बैठक बोलाएका छन्।
दिउँसो २ बजे बस्ने बैठकमा निवर्तमान पदाधिकारीसहित शीर्ष नेताहरू सहभागी हुनेछन्। बैठकमा सातै प्रदेशमा सम्पन्न भएका भेलाको समीक्षा, संस्थापन पक्षसँग संवादको अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने नेता एनपी साउँदले जानकारी दिएका छन्।
खड्का पक्षले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीबारे पनि अनौपचारिक छलफल गरिरहेको भए पनि यसबारे अन्तिम निर्णय भइसकेको छैन।
बैठकमा खड्काले हालै संस्थापन पक्षलाई पठाएको सातबुँदे जवाफ तथा पार्टीभित्र देखिएको विवाद समाधानका उपायबारे समेत छलफल हुने जनाइएको छ।
यस्तै, चुनदेवीमा खोलिएको १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालयबारे उठेका विभिन्न राजनीतिक टिप्पणी र त्यससम्बन्धी धारणा पनि बैठकको एजेन्डामा रहने बताइएको छ।










Discussion about this post