आईसीसी क्रिकेट विश्वकप लिग–टु त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेदरल्यान्ड्समा आउँदो जुलाई २१ देखि ३१ सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
टोलीको कप्तानी रोहित पौडेल ले गर्नेछन् ।
यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । उद्घाटन खेलमा नेपाल र नामिबिया आमनेसामने हुनेछन् ।
८ वटा देश सहभागी लिग–टु तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन् ।
घोषित नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनोद भण्डारी रहेका छन् ।
रिजर्भ खेलाडीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन् ।










Discussion about this post