कञ्चनपुर । नेपालमा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् ।
भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म ५० किलोवाटदेखि २०१ किलोवाटसम्म क्षमताका विभिन्न प्रकारका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन् ।
विभागको तथ्याङ्कअनुसार ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय गाडी आयात हुँदा त्यसको मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ बराबर रहेको छ ।
त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा विद्युतीय गाडी आयात भएका छन् । यी गाडीको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ रहेको विभागले जनाएको छ ।
पछिल्ला वर्षहरूमा इन्धनको बढ्दो लागत, वातावरणमैत्री प्रविधिप्रतिको चासो तथा विद्युतीय सवारीमा उपलब्ध कर सहुलियतका कारण नेपालमा ईभी (इलेक्ट्रिक भेहिकल) को प्रयोग र आयात दुवै उल्लेखनीय रूपमा बढ्दै गएको छ ।










Discussion about this post