Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ मा विपद् पुर्वतयारीका लागि बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ। मनसुन भित्रिनै लाग्दा समुदायलाई सम्भावित जोखिमबाट बचाउन र पूर्वतयारी अवस्थामा राख्न सोनापुर सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा उक्त अभ्यास गरिएको हो।

निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित ‘स्कोप आर थ्री’ परियोजना अन्तर्गत उक्त कृत्रिम नमुना अभ्यास गरिएको गरिएको परियोजनाका सामाजिक परिचालक अमर जाग्रीले बताउनुभयो। वर्षेनी मनसुन सुरु भएसँगै बाढीको त्रासमा रहने यस क्षेत्रमा महाकाली नदीका कारण डुबान र कटानको जोखिम उच्च रहने गर्दछ। बाढी आएको अवस्थामा बाह्य सहयोग पुग्नु अगावै समुदाय स्तरमै तत्काल कसरी खोज तथा उद्धार गर्ने, सूचनाको आदानप्रदान कसरी चुस्त राख्ने र सुरक्षित आश्रयस्थलसम्म कसरी पुग्ने भन्ने विषयलाई व्यावहारिक रूपमा प्रदर्शन गर्न कृत्रिम नमुना अभ्यास गरिएको उहाँले बताउनुभयो।

यस्तै भीमदत्त नगरपालिका वडा नम्बर -१३ का वडा अध्यक्ष राम बहादुर बोहोराले समुदायलाई बाढी जस्तो विपद्को बेला कसरी सुरक्षित राख्ने, पूर्वसूचनाहरू कसरी समयमै सम्बन्धित ठाउँमा पुर्‍याउने, कोसँग समन्वय गर्ने, कसरी प्रतिकार्य गर्ने तथा सुरक्षित स्थानमा कसरी बस्ने लगायतका बारेमा समुदायलाई सचेत गराउन अभ्यास निकै प्रभावकारी रहेको बताउनुभयो। उहाँले मनसुनको पूर्वसन्ध्यामा गरिएको कृत्रिम अभ्यासले वर्षेनी बाढीको त्रासमा रहने यस क्षेत्रका बासिन्दाको आत्मविश्वास र पूर्वतयारीलाई बलियो बनाएको बताउनुभयो।

सोनापुर सामुदायिक विपद् व्यवस्थापन समितिकी सदस्य लक्ष्मी बोहोराले मनसुनकै पूर्वसन्ध्यामा गरिएको यस अभ्यासले आफू र आफ्नो समुदायको आत्मबल बढेको बताउनुभयो। उहाँले बाढी आएको समयमा कसरी प्रतिकार्य गर्ने, कसरी सुरक्षित रहने र कसरी आफ्नो र आफ्नो समुदायलाई सुरक्षित राख्ने लगायतका विषयमा सक्षम भएको बताउनुभयो।

कृत्रिम नमुना अभ्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधि, परियोजनाका प्रतिनिधि, स्थानिय बासिन्दा तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड
वातावरण

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व