Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसद् अधिवेशनमै दर्ता गर्ने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १३, २०८३
सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसद् अधिवेशनमै दर्ता गर्ने तयारी
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसद् अधिवेशनमै दर्ता गर्ने तयारी अघि बढाएको छ । विधेयक संसद्मा पेस गर्नुअघि सम्बन्धित निकायबाट राय लिने प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले विभिन्न पक्षबाट प्राप्त करिब १० हजार सुझाव समेटेर अर्थ मन्त्रालयको राय लिइसकेको छ । अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय तथा लोक सेवा आयोगको परामर्श लिएपछि विधेयक मन्त्रीपरिषद्मार्फत संसद्मा दर्ता गरिने तयारी रहेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले जानकारी दिनुभयो । सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधार’ अन्तर्गतको एक सय दिने कार्यसूचीमा सरकार गठन भएको ४५ दिनभित्र सङ्घीय निजामती सेवा विधेयकको मसौदा तयार गर्ने उल्लेख थियो । निर्धारित समयभन्दा केही ढिलो भए पनि सरकारले चालु अधिवेशनमै विधेयक संसद्मा लैजाने तयारी गरेको हो ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले विधेयक समयमै संसद्मा लैजान कानुन मन्त्रालय र लोक सेवा आयोगबाट ‘फास्ट ट्र्याक’ प्रक्रियामार्फत राय लिनुपर्ने बताउनुभयो । उहाँले आयोगले चाहेमा छोटो समयमै परामर्श दिन सक्ने उल्लेख गर्दै विगतमा पनि यस्तै अभ्यास भएको स्मरण गराउनुभयो । संविधानअनुसार कर्मचारीको सेवा–सर्तसँग सम्बन्धित कानुन निर्माण गर्दा लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ । आयोगले पदपूर्ति, बढुवा, सरुवा, सेवा समूह सञ्चालन तथा कार्यसम्पादन मूल्याङ्कनलगायतका विषय अध्ययन गरी सरकारलाई राय दिने गर्दछ ।

गत वैशाख ११ गते सार्वजनिक गरिएको विधेयकको मसौदामा कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, सचिवको कार्यकाल दुई वर्षमा सीमित गर्ने तथा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्ने प्रस्ताव समावेश गरिएको छ । यसअघि पनि सङ्घीय निजामती सेवा विधेयक दुई पटक प्रतिनिधिसभामा पेस भएर व्यापक छलफलमा आएको भए पनि विभिन्न कारणले ऐन बन्न सकेको थिएन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
फ्ल्यास हेडिङ

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

साउन १८, २०८३
आज राष्ट्रियसभाको बैठक बस्दै
मुख्य समाचार

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
मुख्य समाचार

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

साउन १८, २०८३
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व