Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख १७, २०८३
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको चुरे गाउँपालिकामा रहेका सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई दक्ष बनाउने उद्देश्यले ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ बिहीबारदेखि सुरु भएको छ। चुरे गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष प्रेम बहादुर साउदको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। तालिममा चुरे गाउँपालिका वडा नम्बर -३ र -६ अन्तर्गतका कालिका, पिपल चौतारा, शान्तिनगर र लेकबेसी सामुदायिक विपद् व्यवस्थापन समितिका ६–६ जना गरी कुल २४ जनाको सहभागिता रहेको छ।

तालिममा सञ्चार र समुदाय परिचालन, सामुदायिक नक्सांकन, आधारभूत खोज तथा उद्धार, अवस्थाको विश्लेषण, खोज विधि, संरचना र संकेत चिन्हहरू, आगलागी, आपतकालीन अवस्था व्यवस्थापन, पानीजन्य आपतकालीन अवस्था र घाइतेको उद्धार तथा स्थानान्तरण सम्बन्धी सीप सिकाइने सान परियोजनाका संयोजक देवराज बडुले बताउनुभयो। उहाँका अनुसार तालिममा महामारी परिचय, प्राथमिक उपचार, मनोसामाजिक सहयोग, मुटु तथा फोक्सो पुनर्जीवन प्रक्रिया (CPR), रक्तस्राव र चोटपटक व्यवस्थापन, तनाव व्यवस्थापन, जलन (Burn) व्यवस्थापन तथा विषाक्तता र जनावरको टोकाइ सम्बन्धी उपचारका बारेमा समेत व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

नेपाल रेडक्रस सोसाईटीका प्रशिक्षकद्वय सुशील चौधरी र खेमराज विश्वकर्माले प्रशिक्षण दिने जनाइएको छ। चुरे गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति काली प्रसाद भट्टले विपद्को समयमा समुदायका व्यक्तिहरू पहिलो ‘रेस्पोन्डर’ हुने भएकाले यो तालिमले गाउँपालिकाको विपद् व्यवस्थापन क्षमतालाई मजबुत बनाउने बताउनुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रेम बहादुर साउदले तालिममा सिकेको सीपलाई केवल कोठामा मात्र सीमित नराखी समुदायमा गएर विपद्को समयमा सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले तालिममा ध्यान दिएर बस्न र यहाँ सिकेका कुराले भविष्यमा आइपर्ने जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

५ दिनसम्म चल्ने यो तालिमले स्थानीय स्तरमा दक्ष जनशक्ति तयार गरी विपद्बाट हुन सक्ने धनजनको क्षति कम गर्ने लक्ष्य लिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व