Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १४, २०८३
६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग ९सडक०, विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।

बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए ।

“बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिदाँसम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पुर्याएका छौँ,” उनले भने, “टेलरेस टनेल खन्न थालेको सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युत्गृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी गरेको छ ।”

म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११ दशमलव नौ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा सङ्कलन गरी ७१० मिटर लामो ‘पाइपलाइन’बाट ल्याइने पानीलाई तीन हजार छ सय मिटर लामो सुरुङमा हालिनेछ ।

पुनः ७५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने पौडेलले जानकारी दिए । ‘रन अफ रिभर’ प्रकृतिको आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनकलाइन्ट टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’का संरचना रहनेछन् ।

विद्युत्गृहमा तीन वटा युनिट ‘टर्वाइन’ रहनेछन् । आयोजनाबाट प्रतिघण्टा सुक्खायाममा ११७ दशमलव ८२ र बर्खायाममा २६४ दशमलव ४५ गिगावाट विद्युत् उत्पादन हुनेछ । बगर र तातोपानीको बीचमा रहेको पहाडमा बाहिरी भागबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युत्गृह बनाउन लागिएको हो ।

बगरदेखि १६ दशमलव पाँच किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउनका लागि १३२ केभी क्षमताको ‘डबल र मल्टीसर्किट’ प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए ।

प्रतिमेगावाट रु २० करोडका दरले रु १३ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालन भएको हो भने इलेक्ट्रोमेकालिक र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेका आयोजना व्यवस्थापक प्रमेश थापाले बताए ।

केही दिनमा भैँसीखर्कमा नेपाली सेनाको ‘क्याम्प’ ९आधार शिविर० राख्ने तयारी भएको छ । विस्फोटक पदार्थको सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राखेपछि मुख्य सुरुङ खन्ने तयारी गरिएको हो । मकालु खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी
फ्ल्यास हेडिङ

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी

जेष्ठ २४, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
फ्ल्यास हेडिङ

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३
पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

जेष्ठ २९, २०८३
“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

जेष्ठ २९, २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

जेष्ठ २९, २०८३
क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व