Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ३, २०८३
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७, परासनमा दोदा नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणको कार्य तीव्र गतिमा अघि बढाइएको छ। वर्षेनी नदी कटान र डुबानको जोखिम झेल्दै आएका परासन क्षेत्रका स्थानीयहरूले यसपटक मनसुन सुरु हुनुअगावै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छन्।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना अन्तर्गत पुनर्वास नगरपालिकासँगको सहकार्यमा ७०० मिटर लामो जैविक तटबन्ध निर्माण भइरहेको हो। हालसम्म यस निर्माण कार्यको झण्डै आधा काम सम्पन्न भइसकेको छ।

पुनर्वास-७, परासनमा वर्षेनी दोदा नदीले पुर्‍याउने कटान र डुबानका कारण स्थानीय बासिन्दाहरूले ठुलो धनजनको क्षति बेहोर्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै सुरु गरिएको यस तटबन्धका लागि पुनर्वास नगरपालिकाले ११ लाख ५७ हजार, एनएनएसडब्लुएले १४ लाख ९१ हजार, मर्सीकोर नेपालले १२ लाख ६ हजार र स्थानीय समुदायले १ लाख ३८ हजार बराबरको जनश्रमदान उपलब्ध गराएका छन्।

सान परियोजनाका संयोजक देवराज बडुले जैविक तटबन्ध स्थानीय स्रोतसाधनको प्रयोग गरी निर्माण गरिने भएकाले यो कम खर्चिलो र वातावरणमैत्री हुने बताउनुभयो। उहाँले यो तटबन्धले नदी कटानको जोखिम न्यूनीकरण गर्नुका साथै भविष्यमा हुनसक्ने ठुलो क्षति रोक्न ‘पूर्वकार्य’ को रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

वर्षैपिच्छे कटानको चपेटामा परिरहेको उक्त स्थानमा जैविक प्रविधिको प्रयोग गरी तटबन्ध बनाउन थालिएपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ। बाँस, बोरा र बालुवा जस्ता सामग्री प्रयोग गरी निर्माण भइरहेको यस तटबन्धले नदीको बहावलाई बस्ती र खेतीयोग्य जमिनतर्फ आउनबाट रोक्नेमा स्थानीयहरू विश्वस्त रहेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व