काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै देशभरका ५६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ६५ क्षेत्रमा अग्र स्थानमा रहेको छ। पार्टीका शीर्ष नेता रवि लामिछाने देखि युवा तथा नयाँ अनुहारसम्मका उम्मेदवारहरू विभिन्न जिल्लाबाट विजयी भएका छन्।
चितवन(३ बाट सोविता गौतम ५९ हजार २७७ मतसहित विजयी भइन्। उनले नेकपा उम्मेदवार रेनु दाहाल लाई पराजित गरिन्। त्यसैगरी रूपन्देही(३ बाट डा। लेखजंग थापा ५८ हजार ८१४ मतसहित विजयी भए भने रूपन्देही(२ बाट सुलभ खरेल ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए। मोरङ(६ बाट रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनले नेपाली कांग्रेसका नेता शेखर कोइराला लाई पराजित गरिन्। चितवन(२ बाट रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्।
त्यस्तै काभ्रे(२ बाट बदनकुमार भण्डारी, सर्लाही(१ बाट नीतिमा भण्डारी ९कार्की०, धनुषा(३ बाट मनिष झा, दाङ(२ बाट विपिनकुमार आचार्य, र ललितपुर(३ बाट तोसीमा कार्की विजयी भएका छन्। यसैगरी भक्तपुर(२ बाट राजीव खत्री, कास्की(१ बाट खड्कराज पौडेल, तनहुँ-१ बाट स्वर्णिम वाग्ले, काठमाडौं-१० बाट प्रदीप विष्ट, काठमाडौं(९ बाट डोलप्रसाद अर्याल, अर्घाखाँची-१ बाट हरिप्रसाद भुसाल, काठमाडौं(२ बाट सुनिल केसी, लमजुङ(१ बाट धर्मराज केसी, भक्तपुर-१ बाट रुकेश रञ्जित, बाँके(१ बाट सुरेशकुमार चौधरी लगायतका उम्मेदवार विजयी भएका छन्।
काठमाडौं उपत्यकामा पनि रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ। काठमाडौं(५ बाट सस्मित पोखरेल, काठमाडौं-४ बाट पुकार बम, काठमाडौं(७ बाट गणेश पराजुली, काठमाडौं-६ बाट शिशिर खनाल, काठमाडौं- बाट विराजभक्त श्रेष्ठ, काठमाडौं-३ बाट राजुनाथ पाण्डे, र काठमाडौं-१ बाट रञ्जु न्यौपाने विजयी भएका छन्।
यस निर्वाचनमा रास्वपाले धेरै पुराना दलका प्रभावशाली नेताहरूलाई पराजित गर्दै नयाँ पुस्ताको बलियो उपस्थिति संसदमा स्थापित गरेको छ। विश्लेषकहरूका अनुसार युवा नेतृत्व, सुशासनको एजेन्डा र जनताको परिवर्तन चाहनाले पार्टीलाई व्यापक समर्थन प्राप्त भएको हो।









Discussion about this post