काठमाण्डौ – गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता गृहसचिव राजकुमार श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुख सहित हिजो बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा, चुनाव तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो ।
विभिन्न जिल्लामा चुनाव विरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सु–व्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्याउने लगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कानुनले वर्जित गरेका कार्य गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने मन्त्रालयले स्पष्ट पारेको छ ।









Discussion about this post