Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा विद्यालयस्तरीय एन–प्याब्सन नृत्य प्रतियोगिता सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २५, २०८२
कञ्चनपुरमा विद्यालयस्तरीय एन–प्याब्सन नृत्य प्रतियोगिता सम्पन्न
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । एन–प्याब्सन भीमदत्तनगर कमिटीद्वारा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगिता २०८२ शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा भीमदत्तनगरका १३ र कृष्णपुर नगरपालिकाका २ गरी जम्मा १५ विद्यालय सहभागी भएका थिए।

प्रतियोगितामा एपेक्स विद्यालयले प्रथम स्थान हात पार्दै उत्कृष्ट नृत्य प्रदर्शन गरेको छ। त्यस्तै रिच एकेडेमी बैंक द्वितीय, लिटिल बुद्ध एकेडेमी तृतीय, र फ्लोरिडा इन्टरनेशनल माध्यमिक विद्यालय चौथो स्थानमा रहेका छन्। विजयी विद्यालयहरूले क्रमशः १५ हजार, १२ हजार, १० हजार र ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरस्कारबारे जानकारी एन–प्याब्सन भीमदत्तनगरका संयोजक द्विजराज भट्टले दिनुभयो।

कार्यक्रम एन–प्याब्सन भीमदत्तनगर नगर कमिटीका अध्यक्ष द्विजराज भट्टको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिमा एन–प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामसिंह मौनी र केन्द्रीय कानुन सल्लाहकार प्रकाशबहादुर पाण्डेय रहनुभएको थियो। अतिथिहरूले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, सिप तथा कलात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।

प्रतियोगिता सफल बनाउन भीमदत्त नगरपालिका मुख्य प्रायोजकका रूपमा रहेको थियो भने सह–प्रायोजकमा सरस्वती पुस्तक भण्डार, ज्ञान भण्डार, ठाकुर पुस्तक भण्डार (कैलाली), टाइम्स प्रकाशन, चौलानी ट्रेडर्स एण्ड गार्मेन्ट सिलाई सेन्टर, रिडमोर प्रकाशन तथा स्वस्तिक बुक रहेका थिए। आयोजक समितिका अनुसार आगामी वर्षहरूमा प्रतियोगितालाई अझ भव्य तथा व्यवस्थित बनाइनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व