Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २६, २०८२
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । श्री इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रम संस्थाका अध्यक्ष शिवराज भट्टको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव पदमसिंह कुँवरले गर्नुभएको थियो।

कार्यक्रममा संस्थापक समिति सदस्यहरूलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो। साथै उदयदेव माध्यमिक विद्यालय, सुन्दरपुरका गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। यसका अतिरिक्त सहकारी संस्थाको स्थापना, सञ्चालन र विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख तुलसी जोशीले सहकारी संस्थाहरू स्थानीय आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुभयो। उहाँले कृषि सहकारीमार्फत किसानको उत्पादन वृद्धि, बजारीकरण र आयआर्जनमा टेवा पुग्ने बताउँदै नगरपालिकाले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। चयन भएको कार्यसमितिमा शिवराज भट्ट अध्यक्ष, नरेश ठोकुराठी उपाध्यक्ष, पदमसिंह कुँवर सचिव र शंकरदत्त भट्ट कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै सदस्यहरूमा घुमन सिंह राणा, दलबहादुर कुँवर, राजबहादुर रेडी, हेमादेवी बोहरा र हरिना बिष्ट भाट चयन भएका छन्। साथै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा मदनराज पन्त चयन भएका छन् भने प्रभुराज जोशी र चन्द्रा भाट सदस्य चयन भएका छन्।

अधिवेशनले सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्य–मैत्री बनाउँदै कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने संकल्पसहित सम्पन्न भएको आयोजकले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व