Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल टेलिकमले अनलाइनमार्फत केवाईसी अपडेट सेवा परीक्षण सुरु गर्‍यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०८२
नेपाल टेलिकमले अनलाइनमार्फत केवाईसी अपडेट सेवा परीक्षण सुरु गर्‍यो
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी डिजिटल रूपमा केवाईसी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण थालेको हो।

सेवाको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र बागमती प्रदेशका निर्देशक इन्दल यादवले उद्घाटन गरेका हुन्। यो सेवामार्फत ग्राहकले आफ्नो नाम वा अन्य व्यक्तिगत विवरण सच्याउनु परेमा कार्यालयमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइन फारम भरी केवाईसी अपडेट गर्न सक्नेछन्।

उद्घाटन कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले नयाँ सुविधाले टेलिकमको सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने उल्लेख गरे। उनले डिजिटल माध्यमको प्रयोगले सेवा प्रवाहमा समय र झन्झट कम हुने विश्वास व्यक्त गरे।

यस्तै, बागमती प्रदेशका निर्देशक यादवले प्रविधिको प्रभावकारी प्रयोगबाट थोरै समयमा धेरै काम सम्पन्न गर्न सकिने र यसले कम्पनीको उत्पादकत्व वृद्धि गर्ने धारणा राखे।

दूरसञ्चार कार्यालय सुन्धाराका प्रमुख निर्मल चटौतका अनुसार नयाँ प्रणालीले डिजिटल रूपान्तरण र पेपरलेस कार्य प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै डेटा अद्यावधिक गर्ने प्रक्रियालाई छिटो र सरल बनाउनेछ। ग्राहकले क्यूआर कोडमार्फत भरेको विवरण टेलिकमको प्रणालीबाट प्रमाणित भएपछि स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइएको छ।

सुन्धारा कार्यालयमा गरिएको परीक्षण सफल भएपछि क्रमशः काठमाडौँ उपत्यकाका अन्य कार्यालय तथा देशभर विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ। साथै, निकट भविष्यमै नेपाल टेलिकमको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत पनि घरमै बसेर केवाईसी अपडेट गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व