कैलाली । अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष खेमराज जोशी सम्मानित भएका छन्। कैलालीमा क्रियाशील पत्रकार जोशीलाई नेपाल जेसीजअन्तर्गत जोशीपुर जेसीजले सम्मान–पत्र प्रदान गर्दै सम्मान गरेको हो।
लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आम नागरिकका आवाजलाई सशक्त रूपमा उजागर गर्न पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै समाज रूपान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप जोशीलाई जोशीपुर जेसीज वर्ष २०२५ को टिम द्वारा सम्मान गरिएको जोशीपुर जेसीजले जनाएको छ।
सम्मान–पत्रमा पत्रकार जोशीले निष्पक्ष, साहसी र जिम्मेवार पत्रकारितामार्फत सत्य, तथ्य र जनहितका विषयलाई उजागर गर्दै पत्रकारिताको गरिमा उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउन उनका लेखन तथा समाचार सामग्री प्रभावकारी र प्रभावशाली रहेको उल्लेख गरिएको छ।
जोशीपुर जेसीजले आगामी दिनमा पनि पत्रकार जोशीबाट अझ जिम्मेवार, प्रभावकारी तथा नैतिक पत्रकारिताको अपेक्षा गर्दै निरन्तर सफलताको कामना गरेको जनाएको छ।









Discussion about this post