Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर उद्योग वाणिज्य संघको सचिव पदमा युवा व्यवसायी नरेन्द्र प्रसाद जोशीको उम्मेदवारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १०, २०८२
कञ्चनपुर उद्योग वाणिज्य संघको सचिव पदमा युवा व्यवसायी नरेन्द्र प्रसाद जोशीको उम्मेदवारी
0
SHARES
262
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औँ कार्यकारिणी समितिको निर्वाचनका लागि युवा व्यवसायी नरेन्द्र प्रसाद जोशीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। विगत एक दशकदेखि कञ्चनपुरलाई मुख्य आधार बनाएर व्यवसायमा सक्रिय जोशीले व्यवसायिक क्षेत्रको नेतृत्व र विकासका लागि आफूलाई सचिव पदको आकांक्षीका रूपमा अघि सार्नुभएको हो।

लामो समयदेखि व्यवसायिक क्षेत्रको उत्थानमा समर्पित जोशीले यसअघि संघको सदस्य पदमा निर्वाचित भएपश्चात दिइएका हरेक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्नुभएको इतिहास छ। उहाँले यसअघि नै सचिवालय सदस्य र आर्थिक समिति सदस्य जस्ता महत्वपूर्ण पदमा रहेर संघको आन्तरिक व्यवस्थापन र आर्थिक पारदर्शिताका लागि उल्लेख्य भूमिका निर्वाह गरिसक्नुभएको छ।

जोशीको कार्यक्षमता महोत्सव व्यवस्थापनका क्रममा समेत सफल देखिएको छ, जहाँ उहाँले २०७९ सालको महोत्सवमा पर्यटन प्रवर्द्धन समिति, २०८० मा स्टल बुकिङ र २०८१ मा टिकट व्यवस्थापन समितिको संयोजक बनेर कुशलतापूर्वक जिम्मेवारी निभाउनुभएको थियो। यी महत्वपूर्ण जिम्मेवारीहरूमा उहाँले देखाएको व्यवस्थापकीय कौशलले संघभित्र उहाँको बलियो पहिचान स्थापित गरेको छ।

विशेषगरी, भारतको देहरादुनमा आयोजित ‘अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५’ मा नेपालको तर्फबाट सहभागिता जनाउन जोशीले खेलेको भूमिका प्रशंसनीय रहेको छ। उहाँकै सभापतित्वमा काठमाडौँमा व्यवसायीहरूसँग महोत्सव सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनुका साथै नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र भारतीय राजदूतावाससँगको सम्पूर्ण प्रशासनिक तथा कानुनी प्रक्रियाको व्यवस्थापन समेत उहाँकै अग्रसरतमा सम्पन्न गरिएको थियो।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा समन्वय बैठकदेखि मेलाको अन्त्यसम्म संघले सुम्पिएका सम्पूर्ण जिम्मेवारीहरूलाई पूर्ण निष्ठाका साथ पुरा गर्दै उहाँले आफ्नो अन्तर्राष्ट्रिय समन्वय क्षमता प्रमाणित गरिसक्नुभएको छ। संघको प्रतिनिधित्व गर्दै हरदम व्यवसायीको समस्या समाधानमा खटिने जोशीले यस पटकको निर्वाचनमा आफूलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व