Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरमा जलवायु अनुकूलित कृषि वस्तुको मूल्य श्रृंखला अध्ययन सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ९, २०८२
कृष्णपुरमा जलवायु अनुकूलित कृषि वस्तुको मूल्य श्रृंखला अध्ययन सार्वजनिक
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै जलवायु परिवर्तन अनुकूलित सम्भावित कृषि वस्तुको मूल्य श्रृंखला अध्ययन सार्वजनिकिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा समुदायका लागि जलवायु उत्थानशील परियोजनाका संयोजक महेश घिमिरेले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन र योजनाबद्ध हस्तक्षेप आवश्यक रहेको बताए। उनले स्थानीय अवस्था र सम्भावनालाई आधार मानेर जलवायु अनुकूल कृषि प्रणाली विकास गर्न अध्ययनले महत्वपूर्ण मार्गदर्शन गर्ने उल्लेख गरे।

कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती रानाले जलवायु परिवर्तनले कृषकको जीविकोपार्जनमा प्रत्यक्ष असर पारिरहेको बताउँदै नगरपालिकाले जलवायु अनुकूल कृषि प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताइन्। उनले यस्ता अध्ययन र छलफल कार्यक्रमले नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा कृषि परामर्शकर्ता दिपक अरियालले उत्पादन सामग्री आपूर्तिदेखि उपभोगसम्मको मूल्य श्रृंखलाबारे जानकारी दिँदै जलवायु परिवर्तनका कारण कृषिमा परेका असर, कृष्णपुर नगरपालिकाका मुख्य खेती प्रणाली, उत्पादकत्व तथा सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरे। साथै उनले कृष्णपुर क्षेत्रमा जलवायु अनुकूल उत्पादन गर्न सकिने कृषि वस्तु, तिनको बजार सम्भावना, मूल्य अभिवृद्धि तथा किसानको आम्दानी वृद्धि गर्न सकिने उपायहरूबारे समेत प्रकाश पारे।

छलफलका क्रममा नगरपालिकाका सम्बन्धित कर्मचारी, कृषि शाखाका कर्मचारी, एग्रोभेट सञ्चालक, किसान, सहकारी प्रतिनिधि तथा अन्य सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका समस्या, सिँचाइ, बीउबिजन, प्रविधि तथा बजार पहुँचमा रहेका चुनौतीबारे आफ्ना धारणा राखेका थिए।

सहभागीहरूले अध्ययन प्रतिवेदनले किसानलाई व्यवसायिक कृषि तर्फ उन्मुख गराउन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), मर्सिकोर नेपाल र क्लाइमेट रेजिलेन्स अलाइन्सको सहकार्य तथा कृष्णपुर नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व