Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलडाँडीका समाजसेवी ‘सिताराम’को निधन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ६, २०८२
बेलडाँडीका समाजसेवी ‘सिताराम’को निधन
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह महरा (सिताराम)को निधन भएको छ । बेलडाँडी गाँउपालिका -१ झिलमिलाबस्तीका समाजसेवी महरा (सिताराम) को निधन भएको हो । लामो समयदेखि बिरामी रहेका समाजसेवी सितारामको ६पुष (आईतबार) निवासमै निधन भएको परिवारजनले बताएका छन् ।

सितारामको आइतबारै दिउँसो सितारामको धार्मिक परम्परा अनुसार झिलमिला स्थित चौधर नदीमा अन्त्येष्टी गरिएको छ । सितारामका जेठा छोरा करन, नाती खडकु, बिनोदले पार्थिव शरिरमा दागबन्त्ती दिएका थिए । सितारामको अन्त्येष्टीमा उनका सहकर्मीदेखि आफन्त, ईष्टमित्र सयौँ गाँउले सहभागि भएका थिए । हरेक मलामीले सितारामको समाजिक योगदानको चर्चा गरिरहेका थिए ।

दिवङगत भएका ७५ बर्षिया सिताराम पञ्चयातकालिन जनप्रतिनिधीदेखि गणतान्त्रिक युगका समाजसेवी हुन् । पञ्चायतकालमा तत्तकालिन बेलडाँडी गाविस ९का वडाध्यक्ष सिताराम राजनैतिक, समाजिक व्यक्तित्वका रुपमा रहेका उनी कम्युनिष्ट नेता पनि हुन् ।

सिताराम घर छेउमै रहेको सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्ष, गाँउको सरस्वती मावि झर्नासागरका शिक्षक अभिभावक संघ (पिटिए अध्यक्ष), रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस संचालक समितिका सदस्य, एवम् आजिवन सदस्य हुन् । झोलामा डायरी बोकेर समाजिक सेवामा तल्लिन महराले ‘सिताराम,सिताराम’ लेख्दै गएपछि उनको गाँउले साथीभाईहरुले उपनाम सितारामले परिचित छन् ।

महराले आफ्नै पैतृक सम्पतीबाट बेलडाँडीको उच्च शिक्षा, समाजिक सुुविधा, धार्मिक एकताका लागि लाखौँ मुल्य पर्ने जमिन दान गरेका थिए । रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस निर्माणार्थ, राधाकृष्ण मन्दिर र प्रगति युवा क्लबका लागि सडक छेउमै जमिन दान गरेका थिए । महराले निधनले बेलडाँडीलाई अपुरणीय क्षति भएको स्थानीयको भनाई छ ।

सिद्धनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक धनसिह महराले विद्यालयका संस्थापक सितारामको निधनले विद्यालय परिवार दुखित भएको बताउँदै सिङ्गो समाजमा क्षति पुगेको बताए । ‘बेलडाँडीले सितारामले गरेको योगदान समाज, नयाँ पुस्ताले सदैव स्मरण गर्नेछ, ‘उनले भने, ‘यो उनको घर परिवार मात्रै नभई सिङगो समुदायका लागि दुखको विषय हो ।’ विद्यालयका संस्थापक जग बसाल्ने साधा जिवन उच्च विचारका सितारामको निधनको शोकमा विद्यालयले एक दिन शोक विदा दिएको छ ।

सरस्वती मावि झर्नासागरका संस्थापक शिक्षक लाल सिह विष्टले सिताराम विद्यालयको पिटिए अध्यक्ष हुँदा समग्र गाँउको सार्वजनिक शिक्षा सुधारका लागि गरेको योगदान समाजले कहिल्यै नभुल्ने बताए । ‘हाम्रा लागि त उहाँ अत्यन्तै मार्गदर्शक पनि हुन्, ‘विष्टले भने, ‘सिताराम जती समाजिक व्यक्तित्व बेलडाँडीका लागि धरोहर नै हुन् ।’

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस प्रमुख प्रयागराज जोशीले ग्रामिण भेगको उच्च शिक्षाका लागि ह्दयदेखि नै काम गर्ने व्यक्तित्वको निधनले सिङ्गो क्याम्पस परिवार दुखित भएको बताए । ‘हामीले सितारामले बेलडाँडीको समाजिक विकासका लागि गरेको योगदान कहिल्यै भुल्ने छैनौँ, ‘उनले भने, ‘यतिसम्मका समाजसेवी गुमाउँदा हामीले असल अभिभावक गुमाएका छौँ ।’ क्याम्पस निर्माणका लागि अचल सम्पती दिनेदेखि सदस्य एव आजिवन सदस्य महराको निधनमा सोमबार शोक विदा दिने निर्णय गरेको बताए ।

सरस्वती मावि झर्नासागरका सहायक प्रद्यानाध्यापक राधाकृष्ण पाठकले पनि गाँउको समाजिक विकासका लागि सिताराम र उनको परिवारले गरेको योगदान उदाहरणीय भएकाले बताए । प्रगति युवा क्लबमा अध्यक्ष शंकर भट्टले बेलडाँडीका सिताराम जस्ता समाजसेवी गुमाउँदा अन्त्यन्तै पीडाबोध भएको बताए । अध्यक्ष भट्टले सितारामको निधनबाट समाज टुहुरो भएको उनले देखाएको बाटोमा अघि बढ्ने बताए ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले सिताराम जस्ता समाजसेवी गुमाएसंगै समाजमा अपुरणीय क्षति भएको बताए । गाँउप्रमुख रानाले समाजमा सिताराम जस्ता समाजसेवी पाउनै मुस्किल हुने बताउँदै सितारामको निधनसंगै गाँउपालिका दुखित भएको बताउँदै हार्दिक श्रद्धाञ्जलीदेखि शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको बताए । स्व. सितारामले गरेको योगदानको कदर गर्दै विभिन्न शिक्षण संघ संस्था, विद्यालय, क्याम्पस, सरकारी, गैर सरकारी निकायबाट सम्मानित भएका थिए ।

गाँउका स्थानीयले सितारामको भौतिक शरिर नरहेपनि सिताराम ह्दयमा रहेको बताएका छन् । स्थानीय एव गाँउलेहरुले सितारामले गरेको योगदानको उच्च सम्मान गर्दै स्थानीय सरकारदेखि सरोकारवाला निकायबाट उनको स्मृतिमा केही समाजिक कामकाजदेखि योजना ल्याउनुपर्ने सुझाव दिएका छन् ।

स्व. सितारामका तीन छोरा मध्ये जेठो छोरा पहिल्यै गुमाईसकेको, कान्छो छोरा घर परिवारको सम्र्पकमा आएका छैनन् । धर्मपत्नी, बुहारी, नातिनातिना, नातीबुहारी, पतानी भावविह्लह भएका छन । सितारामको निधनसंगै घर परिवार, आफन्त, ईष्टमित्र, छरछिमेकी, गाँउले शोकाकुल भएका छन । जेठो छोरा करन महरा क्रिरियामा बसेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व