Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण अघि बढाउन मन्त्री घिसिङको ध्यानाकर्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १, शनिबार ०७:०५
दार्चुलाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण अघि बढाउन मन्त्री घिसिङको ध्यानाकर्षण
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग दार्चुला जिल्लाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण कार्यमा तीव्रता ल्याउन र आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दै दार्चुलाबाट आएको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ।

दार्चुला बासीको तर्फबाट अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र युवा नेता तथा अधिवक्ता नरबहादुर बिष्टले मन्त्री घिसिङलाई पाँच बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्रमा दार्चुलाको भौगोलिक, सामरिक र विकासीय महत्वका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखी तत्काल कार्यान्वयन अघि बढाउन अनुरोध गरिएको छ।

प्रतिनिधिमण्डलले सरकारको २०७५/७६ सालको नीति अनुसार प्रत्येक स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल विस्तार गरिने घोषणा भए पनि अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अझै सडक ट्र्याकसमेत नखुलिएको भन्दै तत्काल बजेटको व्यवस्था गर्न माग गरेको छ।

त्यस्तै, नेपालको सामरिक दृष्टिले महत्वपूर्ण छाङरु–तिंकर सडक आयोजना लामो समयदेखि अधुरो रहेको र पर्याप्त बजेट अभावले नेपाली सेनाले सुरु गरेको ट्र्याक खोल्ने कार्यमा ढिलाइ भएको भन्दै बजेट वृद्धि गर्न आग्रह गरिएको छ।

यसैगरी बिटुले–पारिवगर–मकरिगाड सडक खण्ड ट्र्याक खुलेको दुई दशक बितिसक्दा पनि कालोपत्र हुन नसकेकोले यो सडकलाई पूर्ण रूपमा कालोपत्र गर्न उच्च प्राथमिकतामा राख्न माग गरिएको छ।

त्यस्तै, लेकम गाउँपालिका–२ मा रहेको चमेलिया नदीमाथिको धन्थला मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा महाकाली करिडोर सञ्चालनमा आउन नसकेकोले तत्काल ठेक्का प्रक्रिया अघि बढाउन माग गरिएको छ।

साथै, दार्चुला–डोल्पा विद्युतीकरण आयोजना अन्तर्गत ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेको र मजदुरलाई समयमा ज्याला नदिएको गुनासो आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।

प्रतिनिधिमण्डलले मन्त्रालयबाट आवश्यक अनुगमन गरी यी आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइएमा दार्चुला जिल्लाको विकास, सामरिक सुदृढीकरण र स्थानीय जनजीवनमा ठूला परिवर्तन आउने विश्वास व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ कार्तिक १, शनिबार ०७:०५
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ कार्तिक १, शनिबार ०७:०५
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
देश/राष्ट्रिय

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८२ कार्तिक १, शनिबार ०७:०५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ कार्तिक १, शनिबार ०७:०५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १, शनिबार ०७:०५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ कार्तिक १, शनिबार ०७:०५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ कार्तिक १, शनिबार ०७:०५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ कार्तिक १, शनिबार ०७:०५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ कार्तिक १, शनिबार ०७:०५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व