Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिक्षामन्त्री महावीर पुनको जेन–जी लक्षित ‘स्ट्याटस’ : ‘गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनुहोस्’

प्रकाश भट्ट by प्रकाश भट्ट
अशोज २६, २०८२
शिक्षामन्त्री महावीर पुनको जेन–जी लक्षित ‘स्ट्याटस’ : ‘गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनुहोस्’
0
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति घातक हुने भन्दै सम्पूर्ण नेपालीहरु, विशेष गरी ‘जेन-जी’ युवाहरूलाई यसबाट टाढा रहन विनम्र अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले नेपालको इतिहासका विभिन्न कालखण्डका उदाहरण प्रस्तुत गर्दै गुटबन्दीले देशलाई फाइदा नभई सधैँ नोक्सान मात्रै पुर्‍याएको बताएका छन्।

मन्त्री पुनले देश विकास र सार्वभौम सत्ताको रक्षाका लागि एकता अपरिहार्य रहेकोमा जोड दिएका छन्। उनले जेन-जीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका छन्।

इतिहासका पानाबाट सिक्न आग्रह

पुनले नेपालको इतिहासमा गुटबन्दी र खुट्टा तानातानले पुर्‍याएको नोक्सानको व्याख्या गरेका छन्:

रणबहादुर शाहदेखि राजेन्द्र बिक्रम शाहसम्मको गुटबन्दी: नाबालक राजाको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दीले १०४ वर्षसम्म निरङ्कुश राणा शासन निम्त्याएको उनले उल्लेख गरेका छन्।

राणा शासनभित्रको गुटबन्दी: राणा खलकभित्रै ‘क’, ‘ख’, ‘ग’ वर्गमा वर्गीकरण गरी सुरु भएको गुटबन्दीले उनीहरूलाई कमजोर बनायो र २००७ सालको जनक्रान्तिद्वारा हटाइए।

प्रजातन्त्र प्राप्तिको समयमा राजनीतिक दलहरूको खुट्टा तानातान: २००७ सालमा प्रजातन्त्र आए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन नसक्नुमा राजनीतिक दलहरूको चरम खुट्टा तानातान जिम्मेवार रहेको र यसले राजा महेन्द्रलाई २०१७ सालमा बहुमतको सरकार विघटन गरी पञ्चायती व्यवस्था ल्याउने अवसर प्रदान गरेको मन्त्री पुनको विश्लेषण छ।

पञ्चायती व्यवस्थाभित्रका गुटहरू: २०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढाल्नुको कारण पनि सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता आन्तरिक गुटहरू र राजखलकभित्रको ‘भूमिगत गिरोह’ को खुट्टा तानातानको प्रवृत्तिले व्यवस्थालाई कमजोर बनाउनु रहेको उनको ठहर छ।

लोकतन्त्रपछि जेन-जी आन्दोलनको परिस्थिति: २०४६ सालदेखि हालको जेन-जी आन्दोलन सुरु हुनुसम्मको अवधिमा राजनीतिक पार्टीहरूभित्रको चरम आन्तरिक गुटबन्दी र भ्रष्टाचारका कारण देश बर्बाद भएको आक्रोशले नै जेन-जी र आम जनतालाई आन्दोलनमा होम्न बाध्य पारेको उनको भनाइ छ।

जेन-जी युवाहरूलाई विशेष अनुरोध

मन्त्री पुनले विशेषगरी देशमा सुशासन र भ्रष्टाचार निर्मुल पार्ने सपना बोकेका जेन-जी युवाहरूको समूहलाई इतिहासबाट पाठ सिक्न आग्रह गरेका छन्। उनले युवाहरूमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। “मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्,” उनले अनुरोध गरेका छन्।

देशलाई समृद्ध बनाउने युवाहरूको सपना पूरा गर्नका लागि एकताको अत्यन्तै खाँचो रहेको मन्त्री पुनको जोड छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३
सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल

फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल

साउन ८, २०८३
बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व