Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इजरायल–हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २३, २०८२
इजरायल–हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लामो समयदेखि जारी इजरायल–हमास युद्ध अन्त्यतर्फ मोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच युद्धविरामको ऐतिहासिक सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

यो सम्झौताले गाजा क्षेत्रमा महिनौँदेखि जारी भीषण द्वन्द्व रोक्ने र बन्दीहरूको सुरक्षित रिहाइ सुनिश्चित गर्ने उद्देश्य लिएको छ। बीबीसीका अनुसार, इजरायल र हमासबीचको सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर हुने तय भएको छ।

पहिलो चरणमै २० जना इजरायली बन्दीहरू जीवितै मुक्त गरिनेछन् भने गाजामा मानवीय सहायता सहज पहुँच होस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ।

एपीको खुलासा : इजरायल सेना गाजाबाट फिर्ता हुँदै
एसोसिएटेड प्रेस (एपी) का अनुसार, हमासले यसै साताभित्र सबै २० जना इजरायली बन्दीहरूलाई मुक्त गर्नेछ। त्यसको बदलामा इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “यस सम्झौता अनुसार सबै बन्दीहरू चाँडै मुक्त हुनेछन्, र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ। यो स्थायी शान्तितर्फको पहिलो बलियो कदम हो। सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ।” यस सम्झौतामा अमेरिका, इजिप्ट, कतार र टर्कीले ग्यारेन्टी दिएका छन्। जबसम्म दुवै पक्षले सम्झौताको पालना गर्छन्, तबसम्म पुनः आक्रमण नहुने उल्लेख छ।

नेतन्याहू–ट्रम्प वार्ता : ऐतिहासिक उपलब्धिमा बधाई
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन संवाद भएको छ। दुवै नेताहरूले बन्दी रिहाइ सम्झौतामा हस्ताक्षर हुन लाग्नु ऐतिहासिक उपलब्धि भएको भन्दै एक–अर्कालाई बधाई दिएका छन्।

नेतन्याहूले ट्रम्पलाई इजरायली संसद केनेसटमा सम्बोधन गर्न निमन्त्रण दिएका छन्। साथै, उनले ट्रम्पप्रतिको आभार व्यक्त गर्दै भनेका छन्, “यो इजरायलका लागि विशेष दिन हो। हाम्रो सरकार बन्दीहरूलाई स्वदेश फर्काउने निर्णय लिन्छ, यो केवल कूटनीतिक सफलता होइन, राष्ट्रिय र नैतिक विजय पनि हो।”

सम्झौतामा सबै पक्षको पुष्टि
गाजा युद्धविराम सम्झौताबारे बुधबार राति ढिलो इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले सम्झौताको प्रारम्भिक चरण पुष्टि गरेका छन्।

तर, गाजाको शासन प्रणाली र हमासको निरस्त्रीकरणजस्ता विवादास्पद विषयमा सहमति जुटेको छैन। यी विषयमा आगामी वार्ता इजिप्टमा हुने र त्यसले सम्झौताका आगामी चरण तय गर्ने बताइएको छ।

कतारको निर्णायक भूमिका
वार्तामा कतारले पनि महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। अमेरिका, इजरायल, इजिप्ट र कतारका वार्ताकारहरू सोमबारदेखि नै इजिप्टको शर्म–अल–शेख सहरमा बसेर युद्धविराम र कैदी आदान–प्रदानको रूपरेखा अन्तिम बनाएका थिए। रोयटर्सका अनुसार, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी स्वयं वार्तामा उपस्थित थिए।

७ अक्टोबर २०२३ को आक्रमणपछि पहिलो ठूलो सफलता
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि यो क्षेत्र पुनः व्यापक द्वन्द्वमा फसेको थियो। त्यस आक्रमणमा १० नेपाली विद्यार्थी सहित झण्डै १,२०० जनाको मृत्यु भएको थियो।

त्यसपछि हमासले नेपालका विद्यार्थी विपिन जोशीलाई अपहरण गरेको थियो, जसको अवस्था अझै अज्ञात छ। हिजो मात्र विपिनको पुरानो भिडियो सार्वजनिक भएको थियो। युद्धविराम सम्झौतापछि उनको अवस्थाबारे पनि जानकारी आउने आशा गरिएको छ।

हमासको आक्रमणपछि इजरायलले गाजामा ठूलो सैन्य अभियान चलाएको थियो, जसमा हजारौँ मानिसको मृत्यु र गाजाको ठूलो भू–भाग ध्वस्त भएको छ।

अहिलेसम्मकै ठूलो कूटनीतिक सफलता
अन्तर्राष्ट्रिय समुदायले यो सम्झौतालाई अहिलेसम्मको सबैभन्दा ठूलो शान्ति उपलब्धिको रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार, यदि यो युद्धविराम दीर्घकालीन रूपमा कायम रह्यो भने मध्यपूर्वमा स्थायित्व ल्याउने ऐतिहासिक मोड हुनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायली प्रधानमन्त्री नेतन्याहू, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, र कतारका प्रधानमन्त्री शेख मोहम्मद अल–थानीबीचको संयुक्त प्रयासबाट सम्भव भएको यो सम्झौताले आगामी राजनीतिक र कूटनीतिक समीकरणमा नयाँ अध्याय सुरु गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व