Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ९, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरः प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् । त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् ।

उनले जेनजीका केही अगुवाहरु लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पुरा नहुने स्पष्ट उल्लेख गरेकी छन् । अब संविधान संशोधनको आवश्यक परे चुनावपछि मात्र नयाँ बन्ने संसद्ले गर्न सक्ने उनले स्पष्ट पारिन् ।

‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु’ उनले भनेकी छन् ।

सरकार बनेपछि करिब दुई सातासम्म राजनीतिक दलहरुसँग दूरी रहिरहेका बेला प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा दलहरुलाई पनि चुनावका लागि औपचारिक आह्वान गरिन् ।

चुनावका मुख्य सरोकारवाला राजनीतिक दलहरु हुन् । उनीहरुलाई संवादमा नल्याइकन चुनावको राजनीतिक प्रक्रिया अघि बढ्दैन । त्यसैले आजको सम्बोधनमा उनले चुनावलाई जोड दिएकी छन् ।

‘फागुन २१ गते चुनाव सम्पन्न गर्न सरकारले आवश्यक जनतक्ति सुरक्षा कानुनी व्यवस्थाका लागि प्रारम्भिक काम सुरु गरिसकेको छ,’ उनले भनिन्,’ युवा पुस्ताको आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन र चुनावलाई सहयोग गर्ने राजनीतिक दलसहित सबैलाई आह्वान गर्छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

देश बाहिर रहेका नेपालीलाई मतदाता गर्नेबारे पनि छलफल भइरहेको उनले बताइन् । उनले छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । उनले नेताका घरमा भेटिएका पैसा लगायतका विषयमा अनुसन्धान भइरहेको पनि जानकारी दिइन् ।

भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताइन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३
उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त
फ्ल्यास हेडिङ

उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व