Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जीडीपीको १२० प्रतिशत पुग्यो निक्षेप, पुनरुत्थानमा कसरी होला प्रयोग ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ७, २०८२
जीडीपीको १२० प्रतिशत पुग्यो निक्षेप, पुनरुत्थानमा कसरी होला प्रयोग ?
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर । वित्तीय प्रणालीको निक्षेप हालसम्मकै उच्च अर्थात् कुल गार्हस्थ उत्पादन ९जीडीपी० को १ सय २० प्रतिशत पुगेको छ ।

पछिल्ला वर्ष अर्थतन्त्रमा आएको मन्दी तथा समग्र मागमा आएको कमीका कारण वित्तीय प्रणालीको निक्षेप थुप्रिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७३ खर्ब २३ अर्ब रुपैयाँ बराबर पुगेको छ । गत आर्थिक वर्ष अन्त्यसम्म नेपालको जीडीपी उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यस हिसाबले वित्तीय प्रणालीमा रहेको निक्षेप जीडीपीको १ सय २० प्रतिशत हो ।

अर्थतन्त्रले गति पनि लिन नसक्नु र वित्तीय प्रणालीको निक्षेप पनि निरन्तर बढी राख्नु सकारात्मक संकेत नभएको अर्थशास्त्रीहरू बताउँछन् । वित्तीय प्रणालीमा निक्षेप बढ्दा आर्थिक गतिविधि पनि बढ्नुपर्ने एक अर्थशास्त्रीको भनाइ छ ।

अर्थतन्त्रमा लगानी विस्तारका लागि बचत हुनुपर्छ । तर, नेपालको पछिल्लो अवस्था अर्थतन्त्रले पनि गति लिएको छैन भने निक्षेप चाहिँ बढिरहेको छ । त्यस्तो अवस्थालाई गम्भीर लिनुपर्ने ती अर्थशास्त्रीको तर्क छ ।

असोज सुरुमा बैंक तथा वित्तीय क्षेत्रको कुल कर्जा लगानी ५६ खर्ब २५ अर्बमा सीमित छ । यो कुल निक्षेपको करिब ७७ प्रतिशत हो ।

वित्तीय प्रणालीमा भएको निक्षेपमध्ये वाणिज्य बैंकको ६५ खर्ब ५६ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीको ७ खर्ब ७१ अर्ब हो । निक्षेप र कर्जा लगानीको अवस्था हेर्दा पनि कर्जाको माग बढ्न नसकेको स्पष्ट हुन्छ ।

वित्तीय प्रणालीमा निक्षेप बढ्नुका कारणमा लगानी बढ्न नसक्नु, रेमिट्यान्स आप्रवाहमा सुधार तथा लगानीका क्षेत्र सीमित हुनु लगायत रहेको ती अर्थशास्त्रीको भनाइ छ ।

अर्थतन्त्रका सबै पक्ष चलायमान बनाउन नसकेका कारण वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको योजना आयोगका पूर्वउपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले बताए ।

‘ठूला लगानीकर्ता वा ऋणी ओभरडेब्टेड भए,’ श्रेष्ठले भने, ‘धेरै ऋणको भारी उनीहरूले बोकेका थिए । उनीहरूले नै कर्जा थप गर्ने अवस्था रहेन । त्यसले गर्दा पनि कर्जाको माग नबढेको हो ।’

नीति निर्माताले वित्त र मौद्रिक नीति दूरदर्शी बनाउन नसक्दा वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको उनको भनाइ छ । ‘निजी क्षेत्रले ऋण लिएर जम्मै घरजग्गामा लगानी गरे,’ श्रेष्ठले थपे, ‘अनि, जब घरजग्गाको बबल ब्रस्ट भयो, सेयर मार्केटमा लगानी गरेको पनि चलायमान भएन । अनि उनीहरूसँग सम्पत्ति छ, क्यास छैन । त्यसले समस्या बढाएको हो ।’

लामो समयदेखि घरजग्गामा अधिक लगानी र बैंक तथा वित्तीय संस्थाका ऋणी पनि सीमित भएकाले अर्थतन्त्र सुस्त देखिएको वा माग बढ्न नसकेको उनको बुझाइ छ ।

साथै, बैंकहरूले पनि सीमित ऋणी र घरजग्गामा भन्दा अन्य लगानी क्षेत्रको खोजी नगर्दा पनि समस्या जटिल बनेको उनको बुझाइ छ ।

विगतमा घरजग्गामा लगानी गरेपछि ढुक्क हुन्छ भन्ने भास्य स्थापित भएकाले लगानी जग्गामा केन्द्रित भएको बताउँदै श्रेष्ठले थपे, ‘जस्तै इनोभेटिभ आइडिया ल्याए पनि लोन लिन घरजग्गा धितो चाहिने अवस्था छ । त्यसले गर्दा मान्छेले धितोका रूपमा प्रयोग गर्न घरजग्गा किन्नुपर्ने भयो ।’

सरकारले अर्थतन्त्र चलायमान बनाउन उपभोग बढाउनु आवश्यक रहेको र त्यसका लागि एउटा बुस्टर दिनुपर्ने उनको भनाइ छ ।

‘उपभोक्तालाई पैसा उपलब्ध गराइदिनुपर्छ, उनीहरूले उपभोग गर्छन् अनि बिस्तारै चलायमान हुन्छ भन्ने हो । सरकार त्यतातिर पटक्कै गएन,’ उनले भने ।

सरकारले अर्थतन्त्र चलयमान गराउने बुस्टर प्रयोग नगर्दा पनि वित्तीय प्रणालीमा निक्षेप थुप्रिने तथा आर्थिक गतिविधि सुस्त हुने गरेको उनको बुझाइ छ ।

तर, जेनजी आन्दोलनले गर्न नहुने नोक्सान गरेको बताउँदै श्रेष्ठले वित्तीय प्रणालीमा थुप्रिएको स्रोत पुनर्निर्माणमा परिचालन हुने तर्क गरे ।

‘आन्दोलनबाट सार्वजनिक तथा व्यक्तिगत नोक्सान भयो,’ उनले भने, ‘प्राइभेट सेक्टर र पब्लिकको गरी करिब दुई खर्बको नोक्सान भएको अनुमान गर्न सकिन्छ, अब बाध्यात्मक पुनर्निर्माण गर्नुपर्ने अवस्था बनेका आर्थिक गतिविधि बढ्ने छ ।’

जलेका भवनहरू पुनर्निर्माण तथा सवारीसाधन खरिद गर्दा त्यसले आयात पनि बढाउने उनको बुझाइ छ । साथै, माग बढ्ने भएपछि आन्तरिक उद्योगहरूको उत्पादन पनि बढ्ने उनको दाबी छ । बाध्यात्मक परिस्थिति आएकाले आगामी दिनमा अर्थतन्त्र चलायमान हुने उनको अनुमान छ ।

अहिले उच्च मात्रामा निक्षेप थुप्रिएका कारण ब्याजदर घटेकाले पुनर्निर्माणमा लिने ऋणको लागत कम हुने देखिन्छ ।

साथै, पुनर्निर्माणका लागि ऋणमा ब्याजदर सहुलियत दिने व्यवस्था पनि हुन लागेकाले पनि पुनर्निर्माणका लागि स्रोत परिचालन सहज हुने अर्थशास्त्री बताउँछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व