Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८२
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बैतडी सहित सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्ति अर्थात् आजका दिन बुढी पोल्ने पर्व मनाइँदै छ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ। भाद्र संक्रान्तिका दिनमा ठड्याइएको लिंगो अर्थात् बुढीलाई आज पोलेर बन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ।

यस पर्वमा गाईव स्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझको लिंगो ठड्याई रूखहरू, रूखका हाँगाहरू काटेर एकै ठाउँमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ। द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लगाएको थियो। भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसियालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको छ।

आज गाईवस्तुहरूको गोबर थुपार्ने ठाउँमा काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् र बेलुकीपख जलाउने चलन रहेको छ। दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ। यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने गर्छन्।

सदियौँदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा बन्ढुनी पर्व रहेको छ। हरेक वर्षको भदौ १ गतेदेखि प्रत्येक स्थानीयले आफ्नो गोरु गुहारमा काँडा र झारपातले बेरेर बनाएको बन्ढुनीलाई हरेक वर्षको असोज १ गते साँझ र कतिपय स्थानमा २ गते बिहान ४ बजे धार्मिक परम्पराअनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व