Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समावेशी तथा गुणस्तरीय शिक्षाको संयुक्त अनुगमन, बेलडाँडीमा प्रभावकारी बन्दै परियोजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १५, २०८२
समावेशी तथा गुणस्तरीय शिक्षाको संयुक्त अनुगमन, बेलडाँडीमा प्रभावकारी बन्दै परियोजना
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत सञ्चालित गतिविधिहरूको संयुक्त अनुगमन सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथको अध्यक्षतामा सम्पन्न अर्धवार्षिक पालिका स्तरीय संयुक्त अनुगमनमा युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को साँझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका गतिविधिहरूको अनुगमन गरिएको हो ।

शिक्षा क्षेत्रमा नागरिक समाजको प्रभावकारी सहभागिता सुनिश्चित गर्दै सबैका लागि गुणस्तरीय र समावेशी शिक्षा प्रवाह गर्ने उद्देश्यसहित उक्त परियोजना लागु गरिएको छ। परियोजनाले विशेष गरी असक्त, दलित, विपन्न तथा पछाडी पारिएका समुदायका बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउने कामलाई प्राथमिकता दिँदै आएको छ।

अनुगमनका क्रममा पुष महिनादेखि साउन १३ गतेसम्म भएका विभिन्न शैक्षिक, सामाजिक तथा अभिमुखीकरणमूलक क्रियाकलापहरूको अवलोकन गरिएको थियो। परियोजनाअन्तर्गत असक्त बालबालिकाहरूका लागि ‘घरमै विद्यालय’ कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट विगतमा सार्वजनिक स्थानमा समेत बस्न नचाहने बालबालिकाहरू अहिले आत्मविश्वाससहित सिकाई प्रक्रियामा सहभागी हुन थालेका छन्।

सरस्वती जनता माध्यमिक विद्यालयले समावेशी तथा गुणस्तरीय शिक्षाको प्रवर्धनमा उल्लेखनीय काम गरेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ। विद्यालयमा बालमैत्री, समावेशी र सिकाईमैत्री वातावरण विकास गर्न चालिएका कदमहरूको सकारात्मक प्रभाव देखिएको बताइएको छ।
परियोजनाको अर्को महत्वपूर्ण अङ्गका रूपमा ‘वडा स्तरीय अभिभावक दौतरी समूह’ ले घरेलु हिंसाविरूद्ध सामूहिक छलफल तथा चेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन्। समूहले महिलामाथि हुने हिंसा, सामाजिक कुरिती, छाउपडी प्रथा लगायतका विषयमा समुदाय स्तरीय चौतारी छलफल चलाउँदै समाधानमुखी सोच विकास गर्न भूमिका खेलेका छन्।

परियोजना लागु भएदेखि बेलडाँडीमा विविध कार्यक्रम सञ्चालन गरिएको परियोजना प्रबन्धक विशन देव जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार वडा स्तरीय व्यक्तिगत सहायता सामग्री सिफारिश समिति गठन, नागरिक समाज संस्था दौतरीको वार्षिक कार्यशाला गोष्ठी, घरमै विद्यालय केन्द्रहरूमा फिजियोथेरापिस्ट र पी.एण्ड.ओ. टोलीद्वारा स्वास्थ्य जाँच, अपाङ्गता पहिचान सम्बन्धी तालिम, नमुना विद्यालय छनौट बैठक, विद्यालय व्यवस्थापन समिति, पीटीए तथा प्रअलाई लक्षित तालिम, बाल कचहरी अन्तरर्क्रिया, बजेट तर्जुमा सम्बन्धी छलफल लगायतका कार्यक्रमहरू सम्पन्न गरिएका छन्।

त्यस्तै पालिका स्तरमा रहेको नागरिक समाज संस्था कञ्चन सामुदायीक विकास केन्द्रले अपाङ्गता भएका बालबालिका, दलित तथा विपन्न परिवारका अभिभावकहरूसँग जनचेतनामूलक सत्र, समाजमा छाउपडी प्रथाको अन्त्यका लागि अभिभावक दौतरी समूहमार्फत सचेतना कार्यक्रम, विद्यालय बाहिर रहेका बालबालिकाको पुनः भर्ना कार्यक्रम समेत प्रभावकारी रूपमा सञ्चालन गरेको जनाइएको छ।

कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिष चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर, वडा नं. ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, वडा नं. ४ का अध्यक्ष वीर बहादुर खडका, शिक्षा शाखा अधिकृत लोकन्द्र बहादुर शाही, एनएनएसडब्ल्यूए की अध्यक्ष माया सार्की, परियोजना प्रबन्धक विशन देव जोशी, परियोजनाको समग्र टोली, महिला शाखा प्रतिनिधि कमला रेग्मी, कञ्चन सामुदायिक विकास केन्द्रकी प्रवन्धक गीता रानाक्षेत्री लगायत साँझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

अनुगमनमा सहभागी सरोकारवालाहरूले समावेशी तथा गुणस्तरीय शिक्षाको प्रवर्धन र घरेलु हिंसा विरूद्धको सचेतना अभियानबाट समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका थिए।

परियोजनाबाट बालबालिका मात्र होइन, अभिभावक, शिक्षक, नागरिक समाजका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सम्पूर्ण समुदाय नै सचेत र सहभागी हुँदै जानु बेलडाँडीका लागि उज्यालो भविष्यतर्फको संकेत हो भन्ने आम धारणा रहेको देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व