Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डा. उज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १३, २०८२
डा. उज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्त
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसेलाई नियुक्त गरेको छ। सोमबार साँझ (साउन १२ गते) बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि चालिसेलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो। उनी यसअघि अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको भूमिकामा कार्यरत थिए।

निमित्त निर्देशकका रूपमा कार्यरत रहँदा डा. चालिसेले अस्पतालको प्रशासनिक व्यवस्थापन, प्रविधिको आधुनिकीकरण, सेवा विस्तार, तथा जनमुखी स्वास्थ्य कार्यक्रमहरूमा उल्लेखनीय पहल गरेका थिए। अस्पतालमा संस्थागत सुशासनलाई सुदृढ बनाउँदै उनले नेतृत्वमा पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गरेका थिए।

डा. चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालले हालै एण्डोस्कोपी, सिस्टोस्कोपी, न्यूरो माइक्रोस्कोप र सी–आर्म जस्ता अत्याधुनिक सेवा सुरु गरेको छ। पेट, मुत्रथैली तथा मस्तिष्क ट्युमरका जटिल अवस्थाको निदान तथा उपचारमा यी सेवाले प्रभावकारी सहयोग गर्ने विश्वास लिइएको छ।

यिनै सेवाहरूको गुरु पूर्णिमाको दिन वरिष्ठ चिकित्सकहरूको उपस्थितिमा शुभारम्भ गरिनु, डा. चालिसेको समन्वय र नेतृत्व क्षमताको उदाहरणस्वरूप लिइएको छ।

उहाँकै पहलमा केहि समय अगाडी बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमाबुढानीलकण्ठ मन्दिर परिसरमा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस अवसरमा जनचेतनामूलक र्याली, नाटक प्रदर्शन र सामूहिक संकल्प कार्यक्रम आयोजना गरिएको थियो। यस अभियानमा स्वास्थ्य मन्त्रीदेखि नीति निर्माता अधिकारीहरूको सक्रिय उपस्थिति थियो, जसले जनस्वास्थ्यमा चालिसेको समर्पण दर्शाउँछ।

उहाँकै नेतृत्वको टोलीले भक्तपुर क्यान्सर अस्पतालको प्रविधिक सहयोगमा पाँचथरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन समेत गरेको थियो। फिदिममा आयोजित शिविरमा पहिलो दिनमै ९ सय महिलाले पाठेघरको घाउ, स्तनमा गिर्खा, ट्युमर लगायतको परीक्षण गराएका थिए। ग्रामीण महिलालाई लक्षित उक्त शिविर डा. चालिसेको पहल र सेवामुखी दृष्टिकोणको उदाहरण बन्यो।

सरकारी निर्णयले डा. चालिसेलाई चार वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। क्यान्सरजस्तो जटिल र दीर्घरोगको उपचारमा विशेषज्ञता र व्यवस्थापन क्षमताको सन्तुलन कायम गर्न सक्ने व्यक्तिका रूपमा उहाँलाई अब अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएको छ।

स्वास्थ्य सेवा सुधार, आमनागरिकको पहुँचमा गुणस्तरीय उपचार सुविधा, र सार्वजनिक–निजी सहकार्यको सुदृढीकरणमा डा. चालिसेको अग्रसरता आगामी दिनमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको उत्कृष्ट क्यान्सर उपचार केन्द्रको रूपमा उभ्याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व