Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खस–आर्य राष्ट्रिय संयोजक लक्ष्मी खड्का सहितको टीम जनमत पार्टीमा प्रवेश गरि लिए ‘मिसन ८४’ को लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ११, २०८२
खस–आर्य राष्ट्रिय संयोजक लक्ष्मी खड्का सहितको टीम जनमत पार्टीमा प्रवेश गरि लिए ‘मिसन ८४’ को लक्ष्य
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विभिन्न व्यवसाय र पेसामा संलग्न एक समूह उद्योगी–व्यवसायीहरू आइतबार जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम काठमाडौंको मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उनीहरूलाई पार्टीको तर्फबाट टीका लगाएर स्वागत गरे। पार्टी प्रवेश कार्यक्रम खस–आर्यका राष्ट्रिय संयोजक लक्ष्मी खड्काको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा जनमत पार्टीको सांगठानिक विस्तारसँगै समुदायगत सहभागिता बलियो बनाउने उद्देश्यका साथ खस–आर्य समूहको विशेष बैठक समेत आयोजना गरिएको थियो। सो बैठकले पार्टी विस्तार, प्रशिक्षण र ‘मिसन ८४’ अन्तर्गतको भावी रणनीतिलगायत विषयमा आठवटा प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बैठकको पहिलो प्रस्ताव अनुसार बागमती प्रदेशमा खस–आर्य कार्य समिति गठन गरिएको छ। समिति राष्ट्रिय संयोजकमा लक्ष्मी खड्का, सह–संयोजकमा राजकुमार हुमागाई, सचिवमा अर्जुन चौलागाई, कोषाध्यक्षमा कुमार भण्डारी रहेका छन्। अन्य सदस्यमा दिपक थापा, दिनेश पाण्डे, कुमारी खड्का, रोहित सिंह भण्डारी, मनिष कुमार क्षेत्री, दिपा कार्की लगायत छन्।

दोस्रो प्रस्तावअनुसार सातवटै प्रदेशमा खस–आर्य समुदायको सांगठनिक समिति गठन गर्ने निर्णय लिइएको छ। यसमार्फत प्रदेशस्तरमै समुदायको पहिचानसहित सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिइएको छ। तेस्रो प्रस्तावमा खस–आर्य समुदायले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई आगामी संघीय निर्वाचनमा प्रधानमन्त्री बनाउन ‘मिसन ८४’ को घोषणा गरेको छ। उक्त मिशन अन्तर्गत समुदायले पार्टीलाई संगठन विस्तारमा सक्रिय योगदान दिने निर्णय गरिएको छ।

चौथो प्रस्ताव अनुसार, सातै प्रदेशमा घरदैलो अभियान सञ्चालन गरी पार्टीको सदस्यता र सांगठनिक सञ्जाल विस्तार गरिनेछ। यससँगै पाँचौं प्रस्तावमा समुदायभित्र सूचना आदान–प्रदान र आन्तरिक समन्वयका लागि WhatsApp समूह निर्माण गर्ने निर्णय पनि पारित गरिएको छ। छैटौं प्रस्ताव अनुसार आगामी भदौमा बागमती प्रदेशमा वृहत् पार्टी प्रवेश कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रममार्फत नवप्रवेशी सदस्यहरूलाई पार्टीको नीतिगत दृष्टिकोण, सांगठनिक संरचना र नेतृत्व रणनीतिबारे प्रशिक्षण दिइनेछ।

सातौं प्रस्ताव अन्तर्गत, खस–आर्यबाट १६ जना केन्द्रीय सदस्यहरू सिफारिस गरिएको छ। पार्टीमा सक्रियता, योगदान र नेतृत्व क्षमताका आधारमा सिफारिस भएका नामहरूमा अन्जु राई चाम्लिङ, सृजना सुकभटु, कुमारी खड्का, श्यामराज सुवेदी, कुमार भण्डारी, अर्जुन प्रसाद चौलागाई, दिनेश पाण्डे, दिपक थापा, विवेक ठकुरी, विवेक पौडेल, मनिष क्षेत्री, मोहन सिंह भण्डारी, धनराज कार्की, राधिका सुवेदी लगायत छन्। पार्टी प्रवेशपछि जनमत पार्टीका अध्यक्ष डा. राउतले स्वागत मन्तव्य दिँदै पार्टी सबै जात, वर्ग, भाषा, संस्कृति र समुदायको साझा राजनीतिक थलो भएको स्पष्ट पारे। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायमा आधारित नयाँ राजनीतिक संस्कृतिका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय संयोजक लक्ष्मी खड्काले खस–आर्य समुदायबाट जनमत पार्टीप्रति बढ्दो आकर्षणलाई संस्थागत गर्न र राजनीतिक अधिकार सुनिश्चित गर्न संगठनात्मक रूपले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन्। बैठकमा झण्डै ३५ जना उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता, युवा तथा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टीको नीति, कार्यक्रम र वैकल्पिक नेतृत्वमा विश्वास व्यक्त गर्दै भावी आन्दोलन र चुनावमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नीति, नियत र नियती !

नीति, नियत र नियती !

असार १०, २०८३
सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

असार १०, २०८३
रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व