Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको दिन भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न सेवा थपियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ११, २०८२
आज विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको दिन भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न सेवा थपियो
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – हरेक बर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस आज जनचेतना बढाउने उद्देश्यले विश्वभरी नै मनाइएको छ । यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना पैmलाउने मुख्य उद्देश्यले आज क्यान्सर विजेता, स्वास्थ्यकर्मीहरुको सहभागितामा एक विशेष कार्यत्रमको आयोजना गर्नुका साथै आजैदेखि केही सेवाहरु थप गरेको छ ।

अस्पतालले आजैदेखि दन्त तथा मुख रोग विभाग, स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड शुरु गरेको छ । यसै अवसरमा अस्पतालले यसै महिनाबाट मानसिक तथा मनोपरामर्श सेवा पनि शुरु गर्ने र जसले बिरामी र आफन्तका विक्षिप्त मनलाई आवश्यक सरसल्लाह दिएर सहजीकरण गर्नु हुने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो ।

यस्तै अस्पतालले प्लाष्टिक एण्ड रिकन्स्ट्रकटिभ सर्जरीको लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको छ । जसले जटिल किसिमका मुख, घाँटी, स्तन लगायतका अपरेसन गरेपछि शरीरको त्यो भागलाई पहिले जस्तो दुरुस्तै बनाउन सकिने अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालले मुख जिब्रो र घाँटीको अपरेसन रेडियसनपछि खाना निल्न या बोल्नलाई असहजता हुने भएकाले सोको निराकरण गर्न स्पीच एण्ड स्वालोविङ्ग थेरापी समेत शुरु गरेको छ । यसैगरी आजदेखि नै भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक दन्त उपचार सेवा डेन्टल ओपीडी समेत शुरु गरेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले एमडीएस डाक्टर उपलब्ध गराईदिएको अस्पतालले जनाएको छ ।

नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र शुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरमा मात्र अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बताउनुभयो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेले टाउको तथा घाँटी क्यान्सरविरुद्ध सबै सरोकारवालाहरु सरकार, स्वास्थ्यकर्मी, गैर सरकारी संस्था, सञ्चारमाध्यम सबैलाई आह्वान समेत गर्नुभएको छ ।

उहाँले क्यान्सर विजेताहरु आफूहरुको आशा भएको उल्लेख गर्दै सम्बोधनका क्रममा भन्नुभएको छ– तपाईंहरुको जीतले हामी सबैलाई सिकाउँछ कि क्यान्सरको सामना सम्भव छ । तपाईंहरु केवल बिरामी होइन, आशाका प्रतिनिधि, चेतनाका दूत र परिवर्तनका अगुवा बन्नुभएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व