काठमाडौं । सरकारले शिक्षकलाई सवारीसाधन खरिद गर्न ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ। शिक्षा मन्त्रालयले शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउने प्रस्ताव गरिएको छ।
सवारीसाधन खरिदका लागि बैंकमार्फत लिइने ऋणमा लाग्ने किस्तागत ब्याजको ८० प्रतिशतसम्म सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था प्रस्तावमा समेटिएको छ। बाँकी २० प्रतिशत रकम भने शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ।
प्रस्तावअनुसार शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्नेछ।
यद्यपि, यो व्यवस्था हाल प्रस्तावकै चरणमा रहेकाले अर्थ मन्त्रालयको सहमति र आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।










Discussion about this post