Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संवेदनशील सूचना चुहावटमा दोषी जोसुकै भए पनि कारबाही : गृहमन्त्री

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २०, २०८३
संवेदनशील सूचना चुहावटमा दोषी जोसुकै भए पनि कारबाही : गृहमन्त्री
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीबाट उम्कन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताएका हुन्।

उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले आफ्नो पदीय मर्यादा बिर्सेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन्।

गृहमन्त्री गुरुङका अनुसार राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारीसँग जोडिएको विषय हो। पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।

उनले सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीले अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

यसैबीच, गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई निलम्बन गरेको छ।

पदीय आचरणविपरीत सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार निलम्बन गरेको हो। छानबिनका लागि अधिकृतसमेत तोकिएको छ भने तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

यही घटनाको सन्दर्भमा गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउने जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेका हुन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने
फ्ल्यास हेडिङ

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन
फ्ल्यास हेडिङ

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३
क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

कार्तिक १५, २०८३
२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

कार्तिक १५, २०८३
न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

कार्तिक १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व