Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ४, २०८३
दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ विनवारीमा दोदा नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। बिहीबार गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एक कार्यक्रमका बीच तटबन्ध निर्माण कार्यको औपचारिक शुभारम्भ गर्नुभएको हो।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना सँगै पेसवान र प्राक्टिकल एक्सन नेपाल तथा लालझाडी गाउँपालिकासँगको प्रत्यक्ष समन्वय र सहकार्यमा यो कार्य अगाडि बढाइएको हो।

वर्षौँदेखि दोदा नदीको बाढी र कटानका कारण समस्या झेल्दै आएका स्थानीयको जोखिम न्यूनीकरणका निम्ति ६०० मिटर लामो जैविक तटबन्ध निर्माण गर्न लागिएको हो। यस योजनामा लालझाडी गाउँपालिकाको २२ लाख २ हजार, एनएनएसडब्लुए को ७ लाख ६६ हजार र पेसवानको १३ लाख ७४ हजार रुपैयाँ लगानी रहेको छ भने स्थानीय समुदायले १ लाख ३५ हजार बराबरको जनश्रमदान गर्नेछन्।

सान परियोजनाका संयोजक देवराज बडुले तटबन्ध निर्माणले नदी किनारका बस्ती र खेतीयोग्य जमिन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार यो प्रविधि कम खर्चिलो र वातावरणमैत्री भएकाले समुदायका लागि निकै प्रभावकारी हुनेछ।

साथै, एनएनएसडब्लुए र पेसवानले लालझाडीमा थप ३०० मिटर तटबन्ध निर्माणका लागि पालिकासँग मिलेर संयुक्त लागत अनुमान (इस्टिमेट) सहितको योजना समेत तयार पारिरहेका छन्। स्थानीय सरकार र विभिन्न संघसंस्थाहरूको यो संयुक्त प्रयासले बर्खायाममा बाढीको डरले त्रसित हुने विनवारीका स्थानीयहरूमा आशा जगाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक
वातावरण

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

भदौ ६, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
भजनी नगरपालिकामा सान परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न
वातावरण

भजनी नगरपालिकामा सान परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

भदौ ७, २०८३
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व