Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख २, २०८३
दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बढ्दो गर्मी र तातो हावा (लु) को जोखिमबाट नगरबासीलाई जोगाउन विशेष कार्ययोजना निर्माणको प्रक्रिया सुरु गरेको छ। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि नगरपालिकाले ‘हिट एक्सन प्लान’ अर्थात् तातो हावा कार्ययोजना बनाउन सरोकारवालाहरूसँग प्रारम्भिक छलफल थालेको हो।

नगर प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतामा भएको छलफलमा दोधारा चाँदनीका लागि गर्मीको जोखिमको सीमा (थ्रेसहोल्ड) समेत तय गरिएको छ। प्राविधिक विश्लेषण अनुसार यदि यस क्षेत्रको तापक्रम लगातार ३ दिनसम्म ३८.७ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने पूर्वानुमान भएमा त्यसलाई ‘हिट वेभ’ (तातो हावाको लहर) मानिने र सोही अनुसारका आपतकालीन सुरक्षाका उपायहरू अपनाइने छ।

दोधाराचाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले बढ्दो गर्मी र तातो हावाको लहर (लु) नगरबासीको स्वास्थ्यका लागि चुनौती बनिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर हाम्रो पालिकामा प्रत्यक्ष देखिन थालेको छ। यस्तो अवस्थामा नागरिकको सुरक्षाका लागि ‘हिट एक्सन प्लान’ अत्यन्तै महत्त्वपूर्ण र समय सान्दर्भिक पहल हो।”

कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजान नगरपालिकाले अब फोकल व्यक्ति चयन गर्ने, छुट्टै कार्यदल गठन गर्ने र टोल तथा समुदायस्तरमा पुगेर जनचेतनामूलक छलफल गर्ने तयारी गरेको छ। कार्यक्रममा नगर उपप्रमुख गंगा जोशी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू र विषयगत शाखाका प्रमुखहरूले तातो हावाको समयमा हुनसक्ने जनधनको क्षति कम गर्न पूर्वतयारीमै जोड दिनुपर्ने बताएका थिए।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) अन्तर्गत गुड अर्थ कन्सल्टेन्सीको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले स्थानीय स्तरमा आपतकालीन व्यवस्थापन प्रणालीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

विशेष गरी गर्मीका कारण प्रभावित हुने विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी कार्ययोजना कार्यान्वयन गरिने जनाइएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व