Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ चैत्र २६, बिहीबार २०:२६
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको केन्द्रीय सामान्य विज्ञान विभाग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) बीच शैक्षिक, अनुसन्धान तथा सामुदायिक विकासमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

विश्वविद्यालयमा प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्न र विद्यार्थीहरूको क्षमता विकास गर्न यो सहकार्य गरिएको हो। समझदारीपत्रमा बिहीबार विश्वविद्यालयका केन्द्रीय सामान्य विज्ञान विभागका प्रमुख यज्ञराज जोशी र एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार विद्यार्थीहरूले वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जल व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर प्राप्त गर्नेछन्। विशेष गरी विद्यार्थीहरूलाई एनएनएसडब्लूएद्वारा सञ्चालित परियोजना क्षेत्रहरूमा इन्टर्नशिप, फिल्डवर्क र अध्ययन भ्रमण गराइनेछ, जसबाट उनीहरूले समुदायमा आधारित वातावरणीय तथा विकास अभ्यासहरूलाई नजिकबाट बुझ्न सक्नेछन्।

सम्झौतामा संयुक्त अनुसन्धानलाई प्राथमिकता दिइएको छ। विद्यार्थी र एनएनएसडब्लूएको प्राविधिक टोलीले डेटा संकलन, विश्लेषण, प्रतिवेदन तयारी तथा नीतिगत वकालतमा सहकार्य गर्नेछन्। साथै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण, फोहर व्यवस्थापन र सामुदायिक परिचालनजस्ता विषयमा तालिम तथा सेमिनारहरू आयोजना गरिनेछ।

एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउन र दिगो विकासका लक्ष्यहरू हासिल गर्न यो सहकार्य कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको ऊर्जा र संस्थाको अनुभव मिलेर सुदूरपश्चिमको दिगो विकास र वातावरणीय संरक्षणमा योगदान पुग्ने बताउनुभयो।

सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रीय सामान्य विज्ञान विभागका प्रमुख यज्ञराज जोशीले यो समझदारीले शैक्षिक क्षेत्र र विकासका साझेदारहरूबीच हुनुपर्ने समन्वयको राम्रो उदाहरण पेश गरेको बताउनुभयो। उहाँले यस्ता साझेदारीले भविष्यमा विद्यार्थीहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्न र उनीहरूलाई बजारको माग अनुसार दक्ष बनाउन मद्दत पुग्ने बताउनुभयो।

त्यस्तै विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन डा. प्रेम सिंह साउदले विश्वविद्यालयको पढाइलाई प्रयोगात्मक अनुभवसँग जोड्दा मात्रै दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो। उहाँले यस्ता साझेदारीले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै कार्यक्षेत्रको वास्तविक अनुभव दिलाउने र भविष्यमा बजारको माग अनुसार रोजगारीका अवसरहरू प्राप्त गर्न थप सहज हुने उल्लेख गर्नुभयो।

उक्त समझदारीपत्र पाँच वर्षका लागि लागू रहने बताइएको छ। कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरू तथा एनएनएसडब्लूएका विभिन्न परियोजनाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी
वातावरण

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ चैत्र २६, बिहीबार २०:२६
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना
वातावरण

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ चैत्र २६, बिहीबार २०:२६
नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था
देश/राष्ट्रिय

नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था

२०८२ चैत्र २६, बिहीबार २०:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २६, बिहीबार २०:२६

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २६, बिहीबार २०:२६
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २६, बिहीबार २०:२६
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २६, बिहीबार २०:२६
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २६, बिहीबार २०:२६
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २६, बिहीबार २०:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व