Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भजनीको झलझलियामा जैविक तटबन्धको अनुमगन: ४३५ घरधुरी सुरक्षित हुने आशा

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १७, २०८२
भजनीको झलझलियामा जैविक तटबन्धको अनुमगन: ४३५ घरधुरी सुरक्षित हुने आशा
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ झलझलियामा निर्माण भइरहेको जैविक तटबन्धको सोमबार संयुक्त अनुगमन गरिएको छ।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण’ (सान) परियोजना अन्तर्गत भजनी नगरपालिकासँगको सहकार्यमा जैविक तटबन्ध निर्माण कार्य थालिएको थियो।

सोमबार भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा नम्बर–४ का वडा अध्यक्ष जनता राम चौधरी लगायत वडा सदस्य र नगरपालिकाका विपद् सम्पर्क व्यक्ति तथा सान परियोजनाको टिमले संयुक्त अनुगमन गरेको हो।उक्त क्षेत्रमा ७५० मिटर जैविक तटबन्ध निर्माणको कार्य चलिरहेको छ। उक्त कार्यका लागि नगरपालिकाको ६ लाख ८६ हजार विनियोजन गरिएको थियो। त्यस्तै नेपाल रेडक्रस सोसाइटीको ५ लाख ४९ हजार, एनएनएसडब्लुएको ११ लाख र समुदायको २ लाख ५८ हजार (जनश्रमदान) जोडिँदा करिब २५ लाख ५४ हजारको संयुक्त लगानीमा उक्त योजना थालिएको हो।

अनुगमनका क्रममा भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा र प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले नदी कटानको जोखिममा रहेका स्थानीयका लागि यो तटबन्धले ठूलो सुरक्षा प्रदान गर्ने बताउनुभयो।

वडा नम्बर–४ का वडा अध्यक्ष जनता राम चौधरीले तटबन्ध पूरा भएपछि करिब ४३५ घरधुरी प्रत्यक्ष रूपमा सुरक्षित हुने र विगतमा बगेर बाँझिएको जमिन फेरि उत्पादनमा फर्कने बताउनुभयो। उहाँले यसबाट स्थानीयको आम्दानी बढ्ने र जनजीवनमा सहजता आउने उल्लेख गर्नुभयो।

सान परियोजनाका संयोजक देवराज बडुले जैविक तटबन्ध निर्माण कार्यलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन परियोजनाले विशेष प्राथमिकता दिएको बताउनुभयो। उहाँले उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूलाई बायो–इन्जिनियरिङ्गका जटिल प्राविधिक पक्ष, संरचना निर्माणका आधारभूत मापदण्ड, सामुदायिक सहभागिता तथा पारदर्शी लेखा व्यवस्थापनका प्रक्रियाबारे विस्तृत अभिमुखिकरण समेत प्रदान गरिएको जानकारी दिनुभयो। संयोजक बडुले स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानले गर्दा यो तटबन्ध परम्परागत संरचना भन्दा दिगो र वातावरणमैत्री हुने उल्लेख गर्नुभयो।

जैविक तटबन्ध उपभोक्ता समितिका सचिव टेक बहादुर रावलले समुदायको श्रमदान र साझेदार संस्थाहरूको प्राविधिक साथले गर्दा तटबन्ध निर्माणले तीव्र गति लिएको बताउनुभयो। उहाँले निर्माण कार्यमा पारदर्शिता अपनाइएको र गुणस्तरीय संरचना बनाउन उपभोक्ता समिति अहोरात्र खटिएको जानकारी दिनुभयो।

स्थानीय निर्मला देवी देउवाले आफू यहाँ बसेको १४ वर्षमा पहिलो पटक सुरक्षित हुने आशा पलाएको र अब वर्षातमा छोराछोरी लिएर अन्यत्र भाग्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो। उहाँले श्रीमान् विदेशमा रहेको अवस्थामा एक्लैले बाढी र कटानको त्रास भोग्नुपरेको पीडा सुनाउँदै अब आफ्नै घरमा ढुक्कले बस्न पाउने र खेतीबाली भित्र्याउन पाउनेमा खुसी व्यक्त गर्नुभयो।

स्थानीय नखरी देवी कामीले आकाश गड्याङगुडुङ गर्दा मनमा लाग्ने चिन्ता अब यो तटबन्धले मेटाउने र विगतमा गाईवस्तु मरेका ती दिनहरू फेरि नदोहोरिने विश्वास व्यक्त गर्नुभयो। उहाँले छोराहरू विदेशमा भएकाले घरमा रहेका वृद्ध दम्पतीलाई वर्षातमा हुने सास्ती अब कम हुने र आफ्नै गाउँठाउँमा सुरक्षित बसोबास हुने आशा व्यक्त गर्नुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल
फ्ल्यास हेडिङ

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश
फ्ल्यास हेडिङ

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश

अशोज १७, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

अशोज २९, २०८३
भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट फिर्ता

भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट फिर्ता

अशोज २९, २०८३
नेप्सेमा सामान्य वृद्धि, सेयर कारोबार ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो

नेप्सेमा सामान्य वृद्धि, सेयर कारोबार ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो

अशोज २९, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

अशोज २९, २०८३
दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व