Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा नगर प्रहरीका लागि ५ दिने विपद् व्यवस्थापन तालिम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १६, २०८२
वेदकोटमा नगर प्रहरीका लागि ५ दिने विपद् व्यवस्थापन तालिम सम्पन्न
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नगर प्रहरीहरूका लागि ५ दिने ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालद्वारा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत नगरपालिकाका नगर प्रहरीहरूलाई दक्ष बनाउने उद्देश्यले यो तालिम प्रदान गरिएको हो।

तालिमको समापन गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले नगर प्रहरीको क्षमता अभिवृद्धिले नगरको सुरक्षा र विपद् व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले नगरबासीको सुरक्षाका लागि नगर प्रहरीलाई स्रोतसाधन र आवश्यक सीपले सधैं तयारी अवस्थामा राखिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद्को समयमा स्थानीय स्तरमा खटिने सुरक्षाकर्मीहरू दक्ष हुनुपर्नेमा जोड दिनुभयो। संस्थाले आगामी दिनमा पनि स्थानीय सरकारसँग समन्वय गरी समुदायको सुरक्षा र उत्थानशीलताका लागि यस्ता प्रविधियुक्त तालिमहरूलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले नगर प्रहरीलाई साधनस्रोत र सीपले सम्पन्न बनाउँदा स्थानीय तहको विपद् प्रतिकार्य क्षमता मजबुत हुने बताउनुभयो। उहाँले विपद्को समयमा समुदायमा सबैभन्दा पहिला पुग्ने शक्ति नै नगर प्रहरी भएकाले उनीहरूको आत्मबल बढाउन र कार्यकुशलता थप्न यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। तालिमपश्चात् नगर प्रहरीहरूले फिल्डमा आइपर्ने जुनसुकै चुनौतीको सामना गर्दै नागरिकको जीउधनको सुरक्षामा थप प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सक्ने उहाँले बताउनुभयो।

एनएनएसडब्लुएका वातावरणविद् भोजराज भट्टले ५ दिनसम्म चलेको तालिममा विपद् व्यवस्थापनका विविध आयामहरू समेटिएको बताउनुभयो। उहाँका अनुसार सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरणको अवधारणा, सुदूरपश्चिममा विद्यमान विपद्का प्रकार र संकटको समयमा मानवीय सिद्धान्त, नैतिकता एवम् जवाफदेहिताका विषयमा विस्तृत प्रशिक्षण दिइएको छ।

त्यस्तै संकट व्यवस्थापन, नेतृत्व विकास, र भीड नियन्त्रणका साथै मानवीय सहायताका सिद्धान्तहरूबारे समेत प्रशिक्षण दिइएको छ। तालिममा विशेषगरी सर्पको सुरक्षित उद्धार, सर्पदंशको व्यवस्थापन, अग्नि नियन्त्रण, र बाढीमा गरिने खोज तथा उद्धारका लागि मोटरबोट सञ्चालनको व्यावहारिक अभ्यास समेत गराइएको वातावरणविद् भट्टले जानकारी दिनुभयो।

समापन कार्यक्रमको सञ्चालन नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले गर्नुभएको थियो। उक्त कार्यक्रममा कञ्चनपुरका सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आज यी नदी–खोलामा बाढीको जोखिम
वातावरण

आज यी नदी–खोलामा बाढीको जोखिम

असार २२, २०८३
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व