Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १३, २०८२
स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील’ (सीआरसी) परियोजना अन्तर्गत दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधि र युवा समूहका लागि स्थानीय योजना तर्जुमा प्रक्रियाबारे तालिम प्रदान गरिएको हो।

तालिमको समापन कार्यक्रममा कृष्णपुर नगरपालिकाकी नगर उप-प्रमुख द्रोपती राना प्रमुख अतिथि रहनुभएको थियो भने एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुको कार्यक्रमको सभापतित्व रहेको थियो।

सीआरसी परियोजनाका संयोजक महेश घिमिरेले तालिया स्थानीय तहको सात चरणको योजना तर्जुमा प्रक्रियामा जनप्रतिनिधि, समिति र युवाहरूलाई संलग्न गराई योजनाहरू कसरी बन्छन् र त्यसलाई कसरी बनाउनुपर्छ भन्नेबारे जानकारी दिइएको बताउनुभयो। योजना निर्माणमा कहाँ ‘ग्याप’ छ र त्यसलाई आगामी दिनमा समुदाय र जनप्रतिनिधि मिलेर कसरी पूर्ण गर्ने भन्ने विषयमा तालिम केन्द्रित रहेको उहाँले बताउनुभयो। जनप्रतिनिधि र समुदायबीचको ग्याप घटाउन, त्यसलाई न्यूनीकरण गर्न र योजनालाई परिपक्व ढंगले ल्याउन यो तालिमले सहयोग पुग्ने उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् कृष्णपुर नगरपालिकाकी उप-प्रमुख द्रोपती रानाले तालिमले जनप्रतिनिधि र समुदायबीचको दुरी घटाउन मद्दत पुग्ने बताउनुभयो। उहाँले समुदायस्तरबाटै वास्तविक आवश्यकताका आधारमा योजनाहरू छनोट भई आएमा मात्र विकासले सार्थकता पाउने बताउनुभयो।

त्यसैगरी एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विकास प्रक्रियामा युवा र विपद् व्यवस्थापन समितिको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै योजना तर्जुमा गर्दा उत्थानशील समाज निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सीआरसी परियोजनाका मिल अफिसर गोविन्द प्रसाद उपाध्यायले तालिममा सहभागीहरूलाई योजना तर्जुमाका प्राविधिक पक्ष र समयसीमाबारे जानकारी गराइएको बताउनुभयो। योजना तर्जुमाको समयतालिका र प्रक्रियागत ज्ञानको अभावमा समुदायका महत्त्वपूर्ण योजनाहरू नछुटुन् भनेर सहभागीहरूलाई सचेत गराइएको उहाँले बताउनुभयो।

तालिममा सहभागी जनप्रतिनिधि र युवाहरूले आगामी दिनमा आफ्नो वडा र नगरपालिकाको बजेट तथा कार्यक्रम निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३
सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३
बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

भदौ ८, २०८३
बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

भदौ ८, २०८३
काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व